भाग्यले त ठग्यो ठग्यो तर भाग्य न्यौपानेले समेत यस्तो गरेपछि रुँदै मिडियामा [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। सौरी चौधरी शारीरिक रुपमा अशक्त छिन्। दाङ घर भएकी चौधरीको कम्मर देखि तलको भाग राम्ररी चल्दैन। उनी सात वर्ष अघि आफ्नै घरमा लडेकी थिईन। उनी लडेपछि उपचारको क्रममा उनलाई नेपालगन्ज पुराइएको थियो। त्यो समयमा डाक्टरले उनको हालत निकै गम्भीर रहेको बताएका थिए। यद्दपि उनी बाच्न त सफल भईन तर उनको कम्मर र दुईवटै खुट्टामा समस्या देखियो। अहिले उनको दुवै खुट्टा चल्दैन।

यस्तो अबस्थामा उनलाई हेरचाह गर्ने कोहि छैनन्। उनको घरमा उनको श्रीमान र उनको दुई छोरा र एक छोरी छिन्। घरको आर्थिक अवस्था निकै कम्जोर भएकोले उनको २० वर्षीय छोरी इन्डियामा कमाउन जान्छिन्। अरुको कुरा सुनेर श्रीमान सधै जसो झगडा गर्थे। अत्ति भए पछि अब म भाग्छु भनेर भाग्न लाग्दा उनी बार्दलीबाट लडेर उनको हालत यस्तो भएको उनको भनाई छ।

अहिले उनी काठमाडौँमा एक्लै बस्छिन्। उनी अपाङ्गको भत्ता पाइन्छ भन्ने सुनेर राजधानी आएकी हुन्। काठमाडौँ आइसकेपछि उनले भत्ता पाउछिन् भनेर खुब आशाको साथ आएकी थिईन्। त्यो आशा अहिले निराशामा बद्लिएको छ। काठमाडौँमा आउन समेत उनले इन्डियामा कमाएको पैसा खर्चेर आइन्। तर उपलब्धि भने केहि भएन।

काठमाडौँ आउदा उनको साथमा जम्मा ८००० रकम बोकेर आएकी थिईन्। निउरो अस्पतालमा उपचार गराउदा उनलाई डाक्टरले निको हुने आश्वाशन दिएका छन्। थेरापी गर्दा उनको स्वास्थ्यमा सुधार हुने उनको भनाई छ। उनी उपचार कै क्रममा थिईन। ओहि समयमा उनलाई छरछिमेकीले श्रीमानले अर्को विवाह गर्न लागेको खबर सुनाइदिए।

खबर सुन्न साथ उनी घर गइन्। छोराछोरीले पनि बाबाले हामीलाई वास्ता गर्नु हुन्न ममी तपाई छिटो आउनुस भनेका थिए। त्यसैले पनि उनी आफ्नो घरमा हत्पताउदै गईन्। तर घरमा जादा आफ्नो स्वास्थ्य झन् बिग्रे पछि उनी पुन काठमाडौँमा नै आईन्। अहिले उनी एक्लै बस्छिन्। उनको छोरा पढाई छोडेर होटलमा काम गर्छन्। कहिले कहिँ फुर्सदमा आमालाई भेट्न आउने गर्छन् उनको छोरा।

आर्थिक अभाव भएकै कारण अहिले उनको उपचारमा बाधा पुगिरहेको छ। उनको श्रीमानले पनि रेखदेख गर्न छोडीसके उनलाई। अब उनको भर कोहि छैन। कोहि कसैले मिडिया मार्फत सहयोग गर्छन् कि भन्ने आश छ उनलाई।

उनको स्वास्थ्य सुधारको लागि उनलाई सके आर्थिक सहयोग नसके यो समाचार शेयर गरेर भए पनि सहयोग गरिदिनु हुन यहाँहरु सम्पूर्णलाई विनम्र अनुरोह गरिन्छ।

सहयोगको लागि सम्पर्क नं. ९८४७९४७६१२

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू