भाञ्जी अलिजालाई दबंग ३ बाट बलिउड ल्याउने तयारी गर्दै सलमान

रिता घिसिंग

एजेन्सी : सलमान खान अहिले आफ्नो आगामी फिल्म भारतको सुटिङमा व्यस्त छन् साथमा बिगबोस १२ पनि चलाइरहेका छन् । यही बीचमा सलमानको परिवारबाट ठूलो खबर आएको छ । कैयौं हिरोइनलाई बलिउडमा ल्याउने सलमानले अब आफ्नै भाञ्जीलाई बलिउडमा ल्याउने तयारी गरेका छन् । सलमानले आफ्नी भाञ्जी अलिजा अग्नीहोत्रीलाई आफ्नै हिट फिल्म सिरिज दबंग ३ बाट बलिउड ल्याउने तयारी गरेको रिपोर्टमा जनाइएको छ ।

अलिजा सलमानकी बहिनी अलविरा र अतुल अग्नीहोत्रीकी छोरी हुन् । बलिउड आउनको लागि अहिले अलिजा अभिनय र डान्स सिकिरहेको बताइएको छ । हालै सलमानले आफ्ना ज्वाइँ आयुष शर्मालाई फिल्म लवरात्रीमा लञ्च गरेका थिए । यो फिल्मले बक्स अफिसमा भने खासै प्रभाव देखाउन सकेन । अलिजा सुन्दर हुनुका साथै बोल्ड पनि छिन् तर सामाजिक संजालमा भने त्यति सक्रिय छैनन् । अलिजा सलमानका भान्जाभान्जीमा सबैभन्दा ठूली हुन् त्यसैले सलमान उनको लागि राम्रो प्रोजेक्ट दिन चाहन्छन् । अलिजाभन्दा अगाडि हालै जाह्नवी कपुर, सारा अली खान, अनन्या पाण्डेजस्ता स्टारका सन्तानले बलिउड प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू