भान्जाहरुलाइ दिएको ५० रुपैया फिर्ता माग्दा दिदीले नदिएपछि घाँटी थिची हत्या

रिता घिसिंग

पिएनपिखबर : घरमा आएको भान्जालाई चकलेट-बिस्कुटमा खर्च भएको ५० रुपैया नदिएको भन्दै आफ्नै दिदीको घाँटी थिचेर हत्या गरेका छन्। आरोपी युबकले ५० रुपैया माग्दा दिदी अनिताले नदिएपछि हत्या गरि फरार भएका छन्। हत्याराको प्रहरीले खोजि गरिरहेका छन्।

यो घटना भारतको कोरबाको हो। १० बर्ष अघि दिदी अनिताको बिहे भएको थियो। उनको २ जना बच्चा छन् । प्राय उनीहरु मामा भेट्न जान्थ्यो। शुक्रबार पनि उनीहरु मामा घर गएका थिए। मामा नानसायले भान्जाहरुलाई बिस्कुट-चक्लेट खुवाएको थियो।

बच्चाहरु रातिसम्म पनि घर नफर्केपछि आमा अनिता लिन भनि माइती आएकी थिइ। सोहिक्रममा भाइले अनितालाई बच्चाहरुले दिन भरिमा ५० रुपैया खाएको छ। मलाई उक्त ५० रुपैया देउ भन्दै मागेका थिए।

भान्जाहरुको लागि गरेको खर्च पनि मागेको भन्दै रिसाएर अनिताले भाईलाई एक झाप्पट दिएका थिए। यतिकैमा रिसाएका नानसयले अनिताको घाँटी थिची हत्या गरेका छन्। हत्यापछि नानसय अझै फरार छन्। हत्याराको खोजि कार्य जारी रहेको प्रहरीले बताएका छन्

प्रतिक्रिया

सम्बन्धित समाचारहरू