भारतका रिटायर्ड मेजरद्वारा नेपालप्रति अपमानजनक ट्वीट, ‘निरङकुश ओली’

admin

काठमाडौं, ७ असार : भारतका रिटायर्ड मेजर जनरल जीडी बख्शीले नेपालप्रति निकै अपमानजनक ट्वीट गरेका छन् ।

उनले ट्वीटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोमानियाका कम्युनिष्ट तानाशाह निकोलाई सेउसेस्कुसँग तुलना गरेका छन् ।

सेउसेस्कु रोमानियाका तानाशाह थिए जसलाई त्यहाँका जनताले विद्रोह गरी अपदस्थ गरेका थिए । उनलाई १९८९ को क्रिसमसका दिन गोली हानी मारिएको थियो ।

बख्शीले ट्वीटमा लेखेका छन्- ‘भारतले चीनलाई ह्याण्डल गर्नको लागि कसैको सहयोग चाहिन्न । हामी यसो गर्नको लागि पर्याप्त ठूलो र बलियो छौं । तर, यस्ता समयले तपाइँलाई तपाइँका मित्र को हुन् भन्ने देखाउँछन् । अमेरिकी राजदूतले हाम्रा साहसीहरुलाई समर्थन गरे । तर, ती सेउसेस्कु – नेपालका ओलीले हामीलाई कसरी पिठ्युँमा छुरा रोपे भन्ने हामीले कहिल्यै बिर्सने छैनौं ।’

बख्शीले यसरी नेपालप्रति आक्रामक अभिव्यक्ति दिएको यो पहिलो पटक भने होइन । उनले यसअघि पनि विभिन्न समयमा यस्ता अभिव्यक्ति दिँदै आएका थिए । विभिन्न टिभी टक शोहरुमा पनि उनी नेपालप्रति आक्रामक रुपमा प्रस्तुत हुने गरेका छन् ।

प्रतिक्रिया