भारतको एक अस्पतालमा आगो लागि हुँदा ६ महिनाको शिशु सहित ८ को मृत्यु, १५० घाइते

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : मुम्बईको अध्यारो इलाकामा सोमबार बेलुकी ईएसआईसी कामगार अस्पतालमा लागेको भिषण आगोमा मृत्यु हुने संख्या लगातार बढिरहेको छ। १५० जानामा मध्य ६ महिनाको एक बच्चा सहित ८ को मृत्यु भएको छ भने १४२ जनालाई अस्पतालमा भर्ना गरिएको छ।

घट्नामा घाइते भएकाहरुमा लगातार मर्ने संख्या बढीरहेको छ। ३ फाईरम्यान समेत १७३ मानिसलाई अस्पतालमा भर्ना गरिएको छ भने २६ कर्मचारीलाई अस्पतालबाट छुट्टि दिएको जानकारी छ।

अस्पतालमा जब आगो लाग्यो त्यससमय १५ आमाहरु आफ्नो नवजात शिशुलाई बचाउनको लागि शिशुसम्बन्धी वार्डमा भागे र बचाउन पनि सफल भए तर आईसियुमा भएका २८ मानिस घाईते भए।

अस्पताललाई अझसम्म एनओसी पनि मिलेको थिएन। १५ दिन पहिला अस्पतालले फायर सेफ्टीलाई लिएर एनओसीलाई आवेदन गरेका थिए। तर फायर डिपार्टमेन्टले यसलाई चित्त नबुझाएर खारिज गरिदिए। घाइते हुनेहरुलाई विभिन्न अस्पताल पुराईएको छ ।

अंधेरी (वेस्ट)को कूपर अस्पतालमा २४ मानिसलाई भर्ना गरिएको छ जसमा दुई जनाको मृत्यु भएको छ। त्यस्तै पी ठाकरे अस्पतालमा ३३ मानिसलाई भर्ना गरियो। होली स्प्रिट अस्पतालमा भर्ना गराईएको ४८ जना मध्य एकको मृत्यु भएको छ। त्यस्तै सेवन हिल्समा भर्ना गराईएको मध्य ४ जनाको मृत्यु भएको छ भने १५ जना डिस्चार्ज भैसकेको छ।

भारतका केंद्रीय श्रम मंत्री संतोष गंगवारमे मुम्बईको ईएसआईसी अस्पतालमा ठुलो आगजनीमा परेर मृत्यु भएको परिवारलाई १०-१० लाख रुपैया दिने घोषणा गरिएको छ। गम्भीर रुपमा घाइते मानिसलाई दुई-दुई लाख रुपिया र साधारण चोट लाग्ने व्यक्ति हरुलाई एक लाख रुपैया दिने निर्णय गरिएको छ।

प्रतिक्रिया