भारतको जम्मुकश्मिरमा ज्यान गुमाएका पल्टने छोराको क्रियामा बृद्ध बुबा [भिडियो समाचार]

admin

भारतको जम्मू कश्मीरको लाइन अफ कन्ट्रोलमा गोली हानाहान हुँदा गोरखा नगरपालिका–५ रिपका अर्जुन थापा मगरको ज्यान गयो । गोर्खा नगरपालिका वडा न ५ रिपमा स्थाइ घर भएका भारतिय सेना अर्जुन थापा मगर घरका एक्ला छोरा थिए। ४५ दिननको छुट्टी सकेर पल्टनमा गएका छोरा कहिल्यै नफर्कने गरी अस्ताए।

गत असारमा विबाह गरेर ल्याएकी बुहारी अहिले एक्ली भएकी छिन। अर्जुनको आमाको २ बर्ष अगाडीनै निधन भैसकेको बुबा प्रेम बहादुर थापा बताउनुहुन्छ। भारतमा पुगेर छोरालाई दागबत्ती दिएर आएका बुवा यतिबेला छोराको काजक्रिया गरेर बसेका छन।

अर्जुन कस्मीरमा काजमा थिए। आफनै पल्टनमा आइज भन्दा भन्दै छोरा नै नरहेको उनका बुबा बताउछन। परीवारका अरु सदस्य दिदी र ठुलिआमाले हामीसंग कुराकानी गरेका छन्। अर्जुनको बारेमा जान्नको लागि कृपया पुरा भिडीयो हेर्नुहोला।

हेर्नुस भिडियो:

प्रतिक्रिया

सम्बन्धित समाचारहरू