भारतको यस्तो कुनै यु’द्ध छैन, जुन गोर्खा सै’निकले नलडेको होस् !

अस्मिता बेल्बासे

काठमाडौं, ५ असार : इण्डो-चाइना दुई देशका सैन्य अधिकारीबीच वार्ता भइरहेको भन्ने खबर आइरहेका बेला पूर्वी लद्धाखको गल्वान क्षेत्रमा हिं’सात्मक झ’डप हुन पुग्यो । गल्वान चीन र भारतको सीमा रेखाको क्षेत्र हो ।

यहाँ दुवै पक्षबीच सन् १९७५ देखि तनाव रहेता पनि झ’डपमा भारतीय सेनाको ज्यान गएको यो पहिलो पटक हो । त्यस यता थुप्रै चरणका वार्ता भए । तर पनि तनाव भने कायमै रहेको छ ।

एक उच्छ सै’निक अधिकारीसहित २० जना भारतीय सेनाहरुको ज्यान जानेगरी भएको उक्त झडपमा गो’ली नचले पनि ढु’ङगा, ला’ठी र अन्य धा’रिलो ह’तियार प्रयोग भएको हुनसक्ने बताइएको छ ।

पछिल्लो ४५ बर्षमा भारत र चीनको सीमा एलओसीमा पहिलो पटक यति ठूलो हिं’सात्मक झ’डप हुन पुग्यो । दुई देश यु’द्धको अवस्थामा रहेता पनि कू’टनीतिक र सैन्य अधिकारीहरुले वार्ताको माध्यमबाट सीमाको विवाद सुल्झाउन लागिरहेको बेला यो हिं’सात्मक झ’डप भएको हो ।

यदि इण्डो-चाइना यु’द्ध भएमा त्यसको असर हामीलाई समेत पर्नेछ । सन् १९६२ को इण्डो, चाइना यु’द्धकै बखत कालापानीमा भारतीय सै’निक क्याम्प स्थापना भएको थियो । त्यतिबेला पनि भारत चीनसंग हारेको थियो ।

चीनले यु’द्ध जितेको थियो तर हाम्रो भूमि आजसम्म भारतको नियन्त्रणमा छ । भारत हार्‍यो, चीन जित्यो, तर भूमि हाम्रो गयो । न हार्नेले हामीलाई फिर्ता गर्‍यो, न जित्नेले फिर्ता गर्न दबाब दियो । हाम्रो भूमि हामी आफैंले फिर्ता लिने हो, अरुको सामर्थ्य र पौरखमा होइन ।

आफ्नै सामर्थ्य र कू’टनीतिक कौशलताबाट आफ्नो अ’तिक्रमित भूमि प्राप्त गर्ने हो । त्यसैले, हामी खुसी हुनु जरुरी छैन । बरु यु’द्ध हुँदा गोर्खा रेजिमेन्टमा भएका नेपाली दाजुभाइहरु नै अग्रमोर्चामा ल’ड्ने हुन् र पीडा नेपाललाई नै हुने हो ।

त्यसैले, शान्तिको कामना गरौं ! समस्याको समाधान वार्ता र संवादबाट निकाल्न सफल होस् । भारतको कुनै यस्तो यु’द्ध छैन, जुन गोर्खा सै’निकले नलडेको होस् । हामीले सुगौली सन्धि अनुसार भारतको सेवा अनुरुप आफ्नो ईमान्दारिताका साथ ड्युटी निभाएको छौं । तर भारतीय सरकारले हाम्रो त्या’ग र बहादुरीलाई कतै सम्मान नगरेको महशुस भएको छ ।

हामी गोर्खा सेनाले सन १६१८ देखि भारतको लागि पूरा कर्तव्यको साथ ज्यान दिँदै आएका छौं । अझै कुनै संकोच नराखिकन ईमान्दारीताका साथ दिन तयार छौँ तर यो घडीमा हामी चालिस हजार गोर्खा सेना दुबै देशको कू’टनैतिक पहलबाट केही समाधान र शान्तिको प्रतिक्षा गरिरहेका छौँ ।

विभिन्न सन्धी सम्झौताबाट बेचिएका हजारौं नेपाली युवाहरु मारिएको खबर सुन्दा नेपाली नै खुसी हुनुपर्ने दिन कहिल्यै नआओस् । लेखक : भारतीय सेनामा कार्यरत चितवनका युवा हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू