भारतबाट फर्किएका एक युवकको अस्पताल पुग्ने क्रममै ज्यान गयो

admin

सुर्खेत, १४ जेठ : भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मंगलबार राति ज्यान गएको छ ।

सुर्खेतको चिङ्गाड गाउँपालिका-५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा ज्यान गएको हो । मंगलबार नेपालगञ्जबाट चिङ्गाड जाने बसमा चढेका ती युवालाई असजिलो भएपछि सुर्खेतको सुब्बाकुनाबाट एम्बुलेन्समार्फत प्रदेश अस्पताल पुर्‍याइएको थियो ।

अस्पतालका कोरोना फोकल पर्सन डा केएन पौडेलले अस्पतालमा भर्ना हुनेबित्तिकै आफूहरुले जाँच गर्दा उनी मृतावस्थामा रहेको बताए । “राति साढे १२ बजेतिर खबर पाउनेबित्तिकै हामी जाँच गर्न गयौँ, उनको मृत्यु भइसकेको रहेछ”, डा. पौडेलले भने ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काले मृतक युवकका साथै उनको साथमा एम्बुलेन्समा आएकाहरुको स्वाब सङ्कलन गरी कोरोना परीक्षण कार्य भइरहेको र दिउँसोसम्म रिर्पोट आउने जानकारी दिए । आफन्तका अनुसार ती युवामा बाथरोगसम्बन्धी समस्या थियो ।

प्रतिक्रिया