भारतमा आज ७२औं गणतन्त्र दिवस, आन्दोलनरत किसानद्वारा ट्र्याक्टर र्‍याली

admin

काठमाडौं, १३ माघ : भारतले (आज) मंगलबार ७२औं गणतन्त्र दिवसको मनाउँदै छ । राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चोक-चोकमा प्रहरी खटाइएको छ । गणतन्त्र दिवसको अवसरमा राजपथमा विशेष समारोह आयोजना गरिएको छ । भारतको सैन्य शक्ति, विभिन्न झाँकीसमेत प्रदर्शन हुने समारोहलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने छन् । 

मंगलबार गणतन्त्र दिवसको अवसरमा दिल्लीको राजपथमा परेड हुँदैछ ।यसैगरी समारोहमा गरिने परेडको दुरी पनि यस वर्ष छोट्याइएको छ । विगतमा लाल किल्लासम्म जाने गरेको परेड यस वर्ष विजय चोकदेखि राष्ट्रिय रंगशालासम्म मात्र जाने छ । परेडमा भारतका १७ राज्य केन्द्र शासित प्रदेशका झाँकी प्रदर्शन गरिने छ । यो परेडपछि किसानले कृषि कानुनको विरोधमा ट्र्याक्टर र्‍याली निकाल्ने तयारी गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गणतन्त्र दिवससँगसँगै भारतमा मंगलबार किसानहरुले गर्ने ट्याक्टर र्‍यालीको पनि चर्चा भइरहेको छ । सरकारले ल्याएको विवादित कृषि कानुनको विरोधमा आन्दोलनरत किसानहरुले गणतन्त्र दिवसको अवसर पारेर आज ट्याक्टर र्‍याली निकाल्दै छन् ।  कृषि कानुन किसान विरोधी भएकाले खारेज गर्नु पर्ने माग गर्दै महिनौंदेखि आन्दोलनरत भारतका किसानहरुको ट्याक्टर र्‍याली गणतन्त्र दिवसको समारोहपछि निस्किने सञ्चारमाध्यमले जनाएका हुन् ।

र्‍यालीका लागि देशभरका किसानहरु ३० हजार बढी ट्याक्टरसहित नयाँदिल्ली पुगेका छन् । आन्दोलनरत किसानका प्रतिनिधि र भारत सरकारका प्रतिनिधिबीच कयौं चरणमा वार्ता भए पनि वार्ता निष्कर्षमा पुग्न सकेको छैन । किसानहरुको आन्दोलनलाई मध्यनजर गर्दै दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको त्यहाँका प्रहरीले बताएका छन् । दिल्लीमा प्रदर्शन गरिरहेका किसानको समर्थनमा मुम्बईका किसान पनि भेला गएका छन् ।

विवादित कानुनको विषयमा सरकार र किसानबीच ११ पटक छलफल भए पनि निष्कर्ष निस्केको छैन । किसानले यो कानुन संशोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने अडान राख्दै आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारसँग तीनवटा बजार सहजीकरणसम्बन्धी कानुन खारेज गर्न माग गर्दै लामो समयदेखि किसान आन्दोलनमा छन् ।

यी कानुनले संयुक्त रूपमा कृषि उत्पादनको बिक्री, मूल्य निर्धारण र भण्डारणसम्बन्धी नियमलाई खुकुलो बनाउने किसानको भनाइ छ । यसअघिको कानुनले किसानलाई खुला बजारमा सहज पहुँच दिएको थियो । सन् १९४७ जनवरी २६ तारिखमा बेलायतबाट स्वतन्त्र भएपछि भारतले हरेक जनवरी २६ मा स्वतन्त्रता दिवस मनाउँदै आएको छ । भारत बेलायतबाट स्वतन्त्र भएलगत्तै पाकिस्तान भारतबाट अलग्गिएको थियो ।

प्रतिक्रिया