भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै झण्डै ८ हजार संक्रमित

admin

काठमाडौं, १७ जेठ : भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित भएका छन् ।

स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरी गरेर कुल सात हजार ९६४ जनामा संक्रमणको भएको हो ।

थपिएका यी संक्रमितसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक लाख ७३ हजार ७६३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण अरु २६५ जनाको मृत्यु भएको पनि जानकारी दिएको छ । योसँगै कुल मृतकको संख्या चार हजार ९७१ पुगेको छ ।

पछिल्लो विवरण अनुसार देशभरी अहिले पनि ८६ हजार ४२२ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने ८२ हजार ३७० जना सङ्क्रणमुक्त भएका छन् ।

भारतमा पटक पटक गरेर देशव्यापी लकडाउनको अवधि थपिदै लगिएको छ भने जनजीवन कष्टकर हुन थालेपछि अहिले विभिन्न चरणमा लकडाउनलाई खुकुलो बनाइदै लगिएको छ ।

प्रतिक्रिया