भारतमा नेपालीलाई कपाल मु’ण्डन गरी, प्रधानमन्त्री ओलीवि’रुद्ध नारा लगाउन लगाइयो

अस्मिता बेल्बासे

काठमाडौं, २ साउन : नेपाली माथि भारतको बनारसमा ज्या’दती भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामका बारेमा दिएको वि’वादित बयानको नतिजा भारतमा रहने नेपालीले भोग्नुपरेको छ ।

प्रधानमन्त्री ओलीको वि’वादति बयानपछि भ’ड्एिका भारतीयहरु नेपाली नागरिकमाथि दु’र्व्यवहार गरिरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र रहेको बनारसमा काम गर्न गएका एक नेपालीको भारतीय विश्व हिन्दू से’नाका कार्यकर्ताले ज’बर’जस्ती कपाल मु’ण्डन गरेर जय श्रीराम लेखेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वा’राणसीमा विश्व हिन्दु से’नाले एक नेपाली युवकको शीर मु’ण्डन गरेर दु’र्व्यवहार गरेको भारतीय टेलिभिजन च्यानल आजतकले जनाएको छ । उनीहरुले नेपालका प्रधानमन्त्रीका वि’रुद्ध बोल्न लगाउने राम नेपालमा हैन भारतमा जन्मिएको हो भन्ने जस्ता नारा लगाउन लाएका छन् ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमा भएको हो भारतमा होइन भन्ने अभिव्यक्ति दिएपछि भारतीय हिन्दूहरुले प्रधानमन्त्री ओलीले विरोध गर्दै आएका छन् ।

त्यस्तै उनीहरुले प्रधानमन्त्रीलाई आफ्नो भनाइ फिर्ता लिन चेतावनी दिएका छन् । हिन्दुवादी संगठन विश्व हिन्दु सेनाले उक्त घ’टनाको भिडियो सामाजिक सञ्जालमा भाइरल गरेको छ । भिडियोमा गंगा घा’टको दृष्य देखिन्छ ।

उक्त भिडियोमा नेपाली युवकका पछाडिबाट कार्यकर्ताहरु संगठन र हिन्दुस्तान जिन्दावादको नारा लगाइरहेको देख्न सकिन्छ । भिडियो भाइरल भएपछि हिन्दू से’नाका कार्यकर्तालाई पक्राउ गर्न भारतीय प्रहरी लागि परेको आजतकले जनाएको छ ।

विश्व हिन्दू सेनाका संर’क्षक अरुण पाठकले आफ्ना कार्यकर्ताले गरेको यस्तो कदम सही भएको भन्दै आफ्नो भनाइ फिर्ता लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । हिन्दुवादी संगठनका कार्यक्र्ताहरु ती नेपाली युवकबाट पनि ‘जय श्रीराम’ को नारा लगाइरहका भिडियोमा देखिन्छ ।

उनीहरुले युवकबाट ‘नेपाली प्रधानमन्त्री ओली मुर्दावाद’ को पनि नारा लगाउन दबाब दिएका छन् । हिन्दुवादी संगठनले नेपाली युवकमाथि दु’र्व्यवहार गर्नुभन्दा अघि बिहीबार बिहान वा’राणसीको चोक क्षेत्रमा रहेको नेपाली मन्दिर बाहिर चेतावनीयुक्त पोस्टर लगाएको थियो ।

पोस्टरमा लेखिएको थियो, ‘नेपाली पीएम ओली प्रभु श्रीरामवि’रुद्धको बयान फिर्ता लेउन, अन्यथा यसको परिणाम भारतमा रहने नेपालीहरुले भोग्नुपर्ने छ ।’ भिडियो भाइरल भएपछि स्थानीय प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ ।

प्रहरीले हिन्दुवादी संगठनका अध्यक्ष र घटनामा सहभागी उनका कार्यकर्ताहरुवि’रुद्ध उजुरी (एफआईआर) दर्ता गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री ओलीले केही दिनअघि भगवान रामको जन्मस्थल अहिलेको अयोध्या नभएको दाबी गरेका थिए । उनले राम नेपालमा जन्मेकोसमेत बताएका थिए ।

प्रतिक्रिया