भारतमा एक भवन भत्किँदा १० को ज्यान गयो, २० जनाको जीवितै उद्धार

admin

काठमाडौं, ५ असोज : भारतको महाराष्ट्र राज्यको भिवण्डीमा तीन तले भवन भत्किँदा १० जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । २० जनाको जीवितै उद्धार गरिएको छ ।

भत्केको भवनभित्र अझै २० देखि २५ जना फसेको हुनसक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहान भत्किएको भवनभित्र फसेकाहरुको खोजी र उद्धारको काम चलिरहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै परिवारमा समवेदना प्रकट गरेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

प्रतिक्रिया