भारतमा संक्रमितको संख्या १६ लाख नाघ्यो

admin

काठमाडौं, १६ साउन : भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १६ लाख नाघेको छ ।

गत २४ घण्टामा भारतका ५५ हजार ७९ जनामा कोरोना पोजेटिभ देखिएपछि कूल संक्रमितको संख्या १६ लाख ३८ हजार ८७१ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ७७९ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३५ हजार ७४७ जना पुगेको छ । सरकारी अधिकारीका भारतमा संक्रमितमध्ये दश लाख ५७ हजार ८०६ व्यक्ति निको भएर फर्किएका छन् ।

हाल भारतमा पाँच लाख ४५ हजार ३१८ जना संक्रमित अवस्थामा रहेका छन् । भारतको महाराष्ट्र सबैभन्दा प्रभावित बढी संक्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा एक लाख ४८ हजार ४५४ जना संक्रमित अवस्थामा नै रुहेका छन् भने १४ हजार ७२९ व्यक्तिको मृत्यु भइसकेको छ ।

कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५७ हजार ९६२ संक्रमित अवस्थामा रहेका छन् भने ३ हजार ८३८ जनाको मृत्यु भएको छ । राजधानी सहरसमेत रहेको दिल्ली राज्यमा दश हजार ७४३ जना संक्रमित अवस्थामा रहेका र ३ हजार र ९३६ जनाको मृत्यु भइसेकेको छ ।

प्रतिक्रिया