भारतमा ह्वात्तै बढे कोरोना संक्रमित, दुई शहरमा पुनः लकडाउन

admin

एजेन्सी : भारतमा फेरि कोरोना भाइरस संक्रमणको दर ह्वात्तै बढेको छ । पछिल्लो केही महिनायता संक्रमितको संख्यामा कमि आए पनि फेब्रुअरी महिनामा भने संक्रमणको दर पुनः उकालो लागेको हो ।

फेब्रुअरीको सुरुमा भारतको अमरावती जिल्लामा एक्कासी कोभिड–१९ का बिरामीको संख्या बढेको पाइएको छ । अमरावतीमा १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ६६ भन्दा बढीको मृत्यु भइसकेको छ । महाराष्ट्रका अमरावती र अन्य जिल्लाहरूमा फेरि लकडाउन लगाइएको छ ।

संक्रमण फैलनुको कारण पुष्टि हुन नसक्दा अवस्था भयावह हुनसक्ने भन्दै चिकित्सकहरूले चेतावनी दिएका छन् । स्वास्थ्य मापदण्डको पूर्ण पालना हुन नसक्नु, अत्याधिक भिडभाड बढ्दै जानु र परीक्षण तथा कन्ट्याक ट्रेसिङ पनि कम भइरहेकाले संक्रमणको अवस्था भयावह हुन पुगेको चिकित्सकहरूको भनाइ छ

।संक्रमितको संख्या महाराष्ट्र, केरला, कर्नाटका, तेलङ्गना, मध्यप्रदेश, छत्तिसगढ र पञ्जाव राज्यहरूमा पनि बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया