भारतमा २४ घन्टायता ६ हजार ९७७ संक्रमित, अहिलेसम्म ४ हजार २१ जनाको मृत्यु

admin

काठमाडौं, १२ जेठ : भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९७७ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ३८ हजार ८४५ पुगेको छ ।

त्यसैगरी भारतमा विगत २४ घण्टामा १५४ जनाको मृत्यु भएको छ । यहाँ कोरोनाबाट अहिलेसम्म ४ हजार २१ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् । कोरोनाबाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ५० हजार २३१ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् ।

महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १६ हजार २७७ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातमा १४ हजार ५६ संक्रमति रहेका छन् । दिल्लीमा १३ हजार ४१८ जना कोरोना संक्रमित रहेका छन् ।

भारतमा दुई महिना यतादेखि कोरोना संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोनाको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । कोरोना नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो ।

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो ।

भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको थियो । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो ।

भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ । यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही खुकुलो गरिएको छ ।

प्रतिक्रिया