भारतमा ४ लाखलाई लगाइयो काेराेना खोप

admin

एजेन्सी । भारतमा कोरोना खोप लगाउने काम तीब्र रूपमा अगाडी बढेको छ । १६ जनवरीबाट सुरु भएको खोप कार्यक्रमअन्तर्गत शनिबार बिहानसम्म करिब १४ लाख मानिसले कोरोनाको पहिलो डोज लिइसकेको स्वास्थ मन्त्रालयले जनाएको छ ।

स्वास्थकर्मी र सर्वसाधारण जनतामा खोप लगाउने विषयमा देखिएको हिच्किचाहट तोड्नका लागि केन्द्र सरकारले पनि अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत भारत सरकारले खोपविरुद्ध सामाजिक सञ्जालमा आइरहेका जानकारीहरू हटाएको छ । भारतमा आपतकालीन प्रयोगका लागि कोभिशिल्ड र कोभ्याक्सिन गरी दुुई खोपले मान्यता पाएका छन् ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्रेजेनका कम्पनीले संयुक्त रूपमा विकास गरेको खोपलाई भारतमा सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ र यसैको नाम कोविशिल्ड हो । अर्को खोप को–भ्याक्सिन भारतमै विकास भएको हो ।

भारत बायोटेकले यसलाई उत्पादन गरिरहेको छ । यी खोपहरूको विश्वसनियता र प्रभावकारीतालाई लिएर अहिले जनतासमक्ष सचेतना फैलाउने काम पनि भारत सरकारले गरिहेको छ ।

प्रतिक्रिया