भारतले डराएर नयाँ नक्सामा राखेको काली नदी हटायो : फणिन्द्र नेपाल

मनिषा थापा

पिएनपिखबर : ग्रेटर नेपालका संयोजक फडिन्द्र नेपालले भारत नेपाल देखि डराएको बताएका छन्। उनले लिम्पियाधुरादेखि लिपुलेखसम्मको नेपाली भूमि भारतले आफ्नो राजनीतिक नक्सामा देखाएपछि नेपालले गरेको विरोधले देखि भारत डराएर काली नदि हटाएको बताएका हुन्।

 

भारतले आफ्नो आठौं संस्करणमार्फत जारी राजनीतिक नयाँ नक्सा नवौं संस्करणपछि भ्रामक परिवतन गरेको नेपालको दावी छ। उनले भने, ‘संशोधित नक्सामा काली नदी नै गायब छ। राजनीतिक नक्सामा स्पष्ट रुपमा देखाएको काली नदी बुझाउने अग्रेजी अक्षर ‘Kali’ नयाँ संस्करणमार्फत भारतले हत्तारहत्तार हटायो।’

नेपालले प्रमाण पेश गर्ने डरले हत्तारहत्तार भारतले गलतलाई सच्चाएको जस्तो गरेको उनको भनाई छ। यसको साथै उनले भारतको जस्तै आफ्नो देशको नक्सा सार्वजनिक गर्न प्रम ओली चुकेको बताए। बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू