आफ्नो देश मिचिरहँदा इण्डीयन फ्रेण्डस कै चिन्ता, ‘नायिका बर्षा’लाई नेपालीले साथ नदिएका हुन् ?

admin

काठमाडौं, ११ जेठ : अहिले सिमा विवाद चर्किएका बेला नेपाल र भारतका विचमा एक वाकयुद्ध जस्तै चलिरहेको छ । सीमा विवादका सन्दर्भमा दिएको एक अभिव्यक्तिले नायिका वर्षा राउत विवादमा मुछिएकी छिन् ।

बर्षाको एउटा भिडियो क्लीप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सो भिडियो क्लीपमा वर्षा भनेकि छिन्, ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् । मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरुले मसित कसरी फेस गर्ने भइरहेको छ ।’

त्यत्ति विवादमा नमुछिएकी नायिका बर्षा अहिले भने आलोचित बन्न पुगेकी छिन् । उनका भारतीय साथी आफूसँग रिसाउलान् भनेर नेपाली पत्रकारले सीमाको मुद्दा नउठाउने कुरा त हुँदैन होला । एउटा सेलिब्रिटी हुनुको नाताले आफ्ना इन्डियन साथीलाई पनि यो विषय बुझाउने दायित्व उनको हो । बेला बेलमा नेता देखी कलाकार सबैले जिब्रो चिप्लीदा दुख पाउने गरेका छन् । 

उनले मनिषा कोइरालाबाट सिक्नुपर्ने हो, जसले भारतमा आफ्नो ठूलो फ्यान फलोअर्स हुँदा पनि नेपालको पक्षमा आवाज उठाउन डराइनन् । बर्षाले भने नेपाली र भारतीय पत्रकारले झगडा पारिरहेको भनेर दुवैलाई एउटै डालोमा हालिदिएकी छन् । जबकि नेपाली सञ्चारमाध्यमले तर्कमा उभिएर प्रश्न गरिरहेका छन् भने भारतीय सञ्चारमाध्यले गालीगलौज मात्रै गरिरहेका छन् ।

भारतीय संचार माध्यम अति तल्लो स्तरमा प्रस्तुत भइरहेका छन् भने नेपाली संचार माध्यमले त्यसको सालिनतापुर्वक प्रतिवाद गर्दै कालापानी हाम्रो भएको तथ्य पेस गरिरहेका छन् । सेलिब्रटीहरु पनी एक पछि अर्कोलाइन लागेर यस बिषयमा बोलिरहका छन् ।

बलिउड नायिका मनिषा कोइरालाको एक टुइटले इण्डीया हल्लाएपछि यता महानायक राशेज हमालले पनि अंग्रेजिमा दनक दिए । निखिल पनि के कम उनले पनि मुख खोले । यता नायिका वर्षा राउतको एउटा भिडियो यतिखेर समाजिक संजालमा भाइरल भएको छ । उनले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भारतसंग नेपालले टक्कर लिदाँ आफुलाई अप्ठायारो भएको प्रतिक्रिया दिएकी छिन् ।

प्रतिक्रिया