भारतले पछाडीबाट छुरा हान्यो, फेरी एउटा पृथ्वी नारायण शाह चाहियो : सागर खड्का 

मनिषा थापा

पिएनपिखबर : ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता सागर खड्काले भारतको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेकलाई राख्नाले सम्पूर्ण नेपालीको मन बिजाएको बताए।

उनले भारतको यो कदमले नेपाल सरकार ५० औ सरकार आए पनि भारतसँग झुक्दै आएको देखिएको जनाए। सरकारले सिमा मिचेर नक्सा निकाल्दा समेत् आधिकारिक धारणा नदिई मौन रहेको भन्दै सरकारप्रति उनले घोर भर्शना गरेका छन्। 

उनले भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमणमा मिठा कुरा गरे पनि व्यवहारले पछाडीबाट नेपालीमाथि छुरा हानेको भन्दै आपत्ति जनाए। उनले वीर गोर्खालीको सन्तान भएकोले लड्न तयार रहेको बताए।

त्यस्तै, उनले अब फेरी नेपालमा पृथ्वी नारायाण शाहको खाँचो रहेको उल्लेख गरे।  पृथ्वी नारायाण शाहको जस्तो सोचका साथ सिमाको रक्षाको लागि सम्पूर्ण नेपालीलाई एक जुट भएर लाग्न पहल गरेका छन्। बाँकी हेर्नुहोस भिडियोमा।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू