भारतले बन्द गर्‍यो नेपालगञ्ज रुपैडिया नाका

admin
  • खगेन्द्र हमाल

काठमाडौं, कात्तिक २३ : भारतले शनिबार बिहानैदेखि नेपालगञ्ज नाका बन्द गरेको छ। भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका सील गरेका हुन् । भारतले नाका सील गरेपछि मात्रै नेपाली अधिकारीलाई मौखिक जानकारी दिइएको बताईएको छ ।

भारतीय प्रहरीले ‘सुरक्षाको दृष्टिकोण’ ले एक्कासी नाका सील गर्नु परेको बताएको छ । बाँके प्रहरीका प्रवक्ता शिवबहादुर सिंहले भारतीय अधिकारीहरुले बिहानमात्रै नाका सील गरेको बारेमा जानकारी दिएको बताए । बिहान एक्कासी नाका बन्द गरिएपछि नाकामा पुगेका नेपालीहरु अलपत्र भएका थिए । भारततिर जान थालेका नेपाली नाकामा रोकिएका छन् ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र पारेको विषयमा नेपालमा भारतीय प्रधानमन्त्रीको पुत्ला दहनदेखि भारतविरुद्ध दैनिक प्रदर्शन भइरहेकाले त्यसकै कारण नाका बन्द गरिएको हो कि भन्ने हल्ला भने निराधार रहेको छ ।

प्रतिक्रिया