भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन, उनको अन्तिम इन्स्टाग्राम पोस्ट भाइरल

admin

काठमाडौं, १७ भाद्र : भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । टीभी सिरियलका लोकप्रिय कलाकार तथा बिग बोस १३ का बिजेता सिद्धार्थको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ४० वर्षका सिद्धार्थको कपुर अस्पतालमा निधन भएको खबरमा उल्लेख छ । सिद्धार्थले बुधबार राति सुत्नुअघि औषधि खाएर सुतेका तर बिहिबार बिहान उनको हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ ।

टेलिभिजन उद्योगका चर्चित अभिनेता शुक्लाले बिग बोसको १३ औँ संस्करण जित्न सफल भएका थिए । उनले टेलिभिजन सिरियल ‘बालिका बधु’ बाट आफ्नो पहिचान बनाएका थिए । उनले अभिनय गरेको बालिका बधु टेलिचलचित्र धेरैले रुचाएका थिए । उनको जन्म सन् १९८० को डिसेम्बर १२ मा भएको थियो । उनले सन् २००४ मा टिभीमा पहिलोपटक अभिनय गरेका थिए । उनले सन् २००८ मा ‘वह बाबुलका आंगन छुटे ना’ नामको सिरियलमा काम गरेका थिए । उनी ‘बालिका बधु’ बाट भने चर्चामा रहे ।

उनले टेलिभिजनसँगै बलिउडमा पनि कदम राखेका थिए । उनले​ २०१४ मा रिलिज भएको फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’ मा काम गरेका थिए । सिद्धार्थ शुक्लाको निधनपछि बलिउड स्तब्ध भएको छ । कलाकारहरुले उनको निधनमा दुख व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन् । उनको निधन पश्चात उनको अन्तिम इन्स्टाग्राम पोस्ट भाइरल भइरहेको छ । उनले गत अगस्ट २४ मा तस्बिर सेयर गर्दै फ्रन्टलाइनमा काम गर्नेहरुलाई धन्यवाद दिएका थिए ।

उनले लेखेका छन्, ‘सबै अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई मनदेखि नै धन्यवाद । तपाईंहरु आफ्नो जीवनलाई जोखिममा राखेर लामो समय काम गरेर बिरामीहरुलाई सहज जीवन दिने प्रयास गर्दागर्दै आफ्नो परिवारसँग रहन पाउनुहुँदैन । तपाईंहरु वास्तवमा महान हुनुहुन्छ ।’ उनले अगाडि लेखेका छन्, ‘अग्रपंक्तिमा रहन सहज छैन । तर वास्तवमा तपाईंहरुको प्रयास सह्रानिय छ ।

प्रतिक्रिया