भारतीय पत्रकार अर्नब गाेस्वामीलाई जमानत दिन अदालतद्वारा अस्वीकार

admin

काठमाडौं, कात्तिक २४ : भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बई उच्च अदालतले जमानत दिन अस्वीकार गरेको छ । अर्नबलाई रायगढ प्रहरीले आ’त्मह’त्याको लागि उक्साएको आरोपमा गिरफ्तार गरेको हो । उनी अहिले १४ दिनको न्यायिक हिरासतमा छन् ।

मुम्बई उच्च अदालतले आफ्नो फैसलामा भनेको छ– अनर्बले चाहेको अवस्थामा न्यायालयमा जमानतको लागि आग्रह गर्न सक्नेछन् । अर्नबको जमानतलाई लिएर सम्बन्धित न्यायालयलाई चार दिनभित्र निर्णय लिने निर्देशन दिएको उच्च अदालतले बताएको छ । अर्नब गोस्वामीले हिरासतमा रहँदा आफूमाथि कु’टपि’ट भएको र दुर्व्यवहार गरिएको आरोप लगाएका छन् ।

अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आ’त्मह’त्या गर्न बाध्य बनाएको आरोपमा भारतीय टेलिभिजन रिपब्ल्कि टीभीका संस्थापक तथा प्रधानसम्पादक गोस्वामीलाई बुधबार पक्राउ गरिएको थियो ।

डिजाइनर अन्वय नाइकले आत्महत्या गर्नुपूर्व लेखेको सुसाइड नोटमा आफूले पाउनुपर्ने पाँच करोड ४० लाख नपाएकोले आत्महत्या गर्नुपरेको लेखेको सञ्चारमाध्मयले बताएका छन् ।

प्रतिक्रिया