भारतीय सेनाका कोही बेपत्ता छैनन् : भारतीय सेना

admin

काठमाडौं, ५ असार : भारतीय सेना र चिनियाँ सेनाका बीचमा भएको भि’डन्तका क्रममा भारतीय सेना तर्फका कोही पनि बेपत्ता नभएको भारतीय सेनाले जनाएको छ ।

केही दिन अगाडी भएको भि’डन्तका क्रममा केही भारतीय सै’निकहरु बेपत्ता भएको भनिएको विषयमा भारतीय सेनाले बिहीबार स्पष्ट पार्दै आफ्नो तर्फका कोही पनि सम्पर्कबिहिन नरहेको जानकारी दिएको हो ।

यही जुन १५ र १६ तारिखमा लदाखको गल्वान उपत्यकामा दुई देशका सै’निकहरुका बीचमा भि’डन्त भएको र भारत तर्फका कम्तीमा २० सै’निकको मृत्यु भएको थियो ।

भारतीय सेनाद्धारा जारी वक्तव्यमा लेखिएको छ, “न्युयोर्क टाइम्सले चीन र भारतका बीचमा भएको झ’डपका क्रममा केही भारतीय सै’निकहरु बेपत्ता समेत भएको भनेर यही जुन १७ मा समाचार लेखेपनि भारतीय सेनाका कोही पनि बेपत्ता नभएको स्पष्ट पार्न चाहन्छौँ ।”

झ’डपका क्रममा कर्णेल तहका सैन्य अधिकारीसहित भारतीय सै’निक तर्फका कम्तीमा २० सै’निकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

प्रतिक्रिया