भारतीय सेनाले प्रोटोकल उल्लङ्घन गर्‍यो, हामी जिम्मेवार छैनौँ : चीन

admin

एजेन्सी, ३ असार : चीनको विदेश मन्त्रालयले गलवान उपत्यकामा भएको घ’टनाप्रति आफू जिम्मेवार नभएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झओ लिजियानले भने, यो घ’टनाप्रति सही र गलत प्रष्ट छ ।

यो घ’टना एलएसीको चीनतर्फको क्षेत्रमा भएको हो र यसको लागि चीनलाई जिम्मेवार ठ’हराउन मिल्दैन । ग’लवान उपत्यकाको सम्प्रभुता सधैँ चीन नजिक रहेको छ ।

भारतीय सै’निकले बोर्डर प्रोटोकल र हाम्रौ क’माण्डर स्तरको वार्तामा भएको सहमतिको ग’म्भीर उल्लङ्घन गर्‍यो । साथै विदेश मन्त्रालयका प्रवक्ता लिजियानले चीनले अरु सङ्घर्ष नचाहेको बताएका छन् ।

विदेश मन्त्रालयका प्रवक्ता लिजियानले दुवै देशबीच कु’टनीतिक र सै’निक स्तरमा वार्ता भइरहेको बताएका छन् । यी दुई देशबीच विवादित सीमा क्षेत्र लद्दाखमा भएको सङ्घर्षमा भारतीय पक्षका २० सै’निकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यता चिनियाँ पक्षका केही सै’निक घाइते भएको बताइए पनि यकिन भइसकेको छैन । सुरुमा मंगलबार ३ सै’निकको ज्यान गएको जानकारी दिएको भारतीय सेनाले बुधबार सबेरै अन्य १७ सै’निकसहित जम्मा २० सै’निकले ज्यान गुमाएको अद्यावधिक गरेको हो ।

भारतीय से’नाका अनुसार पछिल्लो ४५ वर्षमा सीमा क्षेत्रमा भएको यो सबैभन्दा ड’रलाग्दो झ’डप भएको र यसमा अधिकांश घाइते सै’निकहरुले ग’म्भीर चो’टका कारण ज्यान गुमाएका बीबीसीले समाचारमा उल्लेख गरेको छ । यद्यपि दुई सै’निकबीचको सङ्घर्षमा गो’ली नचलेको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया