भारत पश्चिम बङ्गालको पूर्वी नाका सिल

admin

काठमाडौं, २ बैशाख : भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि बिहीबार बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही बैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बिहीबार बिहानदेखि बैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताए । उनका अनुसार यस समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ

प्रतिक्रिया