भारत पसेका नेपालीहरु स्वदेश फर्किन थाले

admin

काठमाडौं, १२ चैत : रोजगारीका लागी भारत पसेका नेपालीहरु भारतमा पुनः कोरोना भाइरसको संक्रमणको जोखिम बढ्न थालेपछि स्वदेश फर्किन थालेका छन् । भारतसगँ सिमा जोडिएका सिमा नाकाहरुबाट रोजगारीका लागी भारत पसेका नेपालीहरु स्वदेश फर्किन थालेको हो ।

भारत गएकाहरू स्वदेश फर्कने क्रम बढेपछि नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढेको छ । रुपन्देहीको बेलहिया नाकाबाट दैनिक २ सय देखी ३ सयको हाराहारीमा नेपालीहरु फर्किने गरेको ईलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।

त्यस्तै सिमा नाकामा थप कडाई नहुदाँ दैनिक किनमेलका लागी १००० भन्दा बढी नेपालीहरु सुनौली बजार जाने/आउने गरेको प्रहरीले जनाएको छ । भारतबाट काम गरेर फर्केकाहरुलाई विशेष प्राथमिकता दिएर नाकामा स्थापना भएको हेल्थ डेस्कमा चेकजाँच गरेर पठाउने गरेको सिनपा स्वास्थ्य शाखाका अहेव लाल मोहन चौधरीले जानकारी दिए ।

चौधरीले नेपाल सरकारको निर्देशन अनुसार सिमा नाकामा शंकास्पद व्यक्ति भेटिएमा आरडिटी र मलेरियन किटमार्फत चेकजाँच गरेर पठाएको जानकारी दिए । सरकारले सिमा नाकामा कडाई नगदाँसम्म र नाकामा चेकजाँचबाट संक्रमित देखिएकाहरूलाई कहाँ, कसरी राख्ने भन्ने विषयमा चाँडै निर्णय गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया