भारत-पाकिस्तानबीच युद्धको सम्भावना यस्तो (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पुण्य गौतम सिपि मैनाली नेतृत्वको नेकपा एमालेका पोलिटब्यरो सदस्य हुन् । युवा पुस्ताका नेता गौतम प्रखर बक्ता समेत् मानिन्छन् । पछिल्लो समय उनले राजनीतिक विश्लेषकको रुपमा पनि परिचय बनाउँदै गएका छन् । उनले पिएनपिखबरसँगको कुराकानीमा रविन्द्र अधिकारीको मृत्यु, वर्तमान राजनीति, विश्वराजनीतिमा भईरहेका गतिविधि लगायत विषयहरुमा आफ्नो अभिव्यक्ति दिएका छन्।

कुराकानीको शुरुवातमा उनले भने ,’स्वर्गीय रविन्द्र अधिकारीको सम्झना एक क्यामराको रिल जस्तै घुमिरहेको छ।’ उनले रविन्द्र अधिकारी देशकै हुनोहार, आधुनिक युगका अभिमन्यु तथा गतिशील नेता रहेको बताए। रविन्द्र अधिकारीको राजनीतिक जीवनलाई विथोल्न धेरै लागेको उनको आरोप छ। उनले भने, ‘ज-जसले रविन्द्रमाथि षड्यन्त्रको सकुनी पासा चलाए अहिले ती व्यक्तिहरु आज उहाँको शोकमा गोइको आशु चुवाउदै तारिफको पुल बाधिरहेको छन् ।’ ३३ प्रतिशत छुट विद्यार्थीहरुले आज पाएको छन् त्यो श्रेय रविन्द्र अधिकारीलाई जाने उनले बताएका छन्।

गौतमले भारत र पाकिस्तानको पछिल्लो समय बढेको तनावको बारे अभिव्यक्ति दिदै भने, ‘भारतीय प्रधानमन्त्री मोदीको सुनामीले इस्लामाबादमा बसेका पाकिस्तानका प्रधानमन्त्रीको रौ पनि हल्लिएको छैन। भारतीय सत्ता पक्षले जहिले पनि पाकिस्तान विरुद्ध घृणाको लहर फैलाएको छ। यस युद्ध दुवै देशलाई महँगो पर्नेछ।’ यी दुई देशबीचमा युद्ध भएमा हाम्रो देशलाई पनि प्रभावित पार्ने उनको भनाई छ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू