भारत पुर्‍याएर पतिको हत्या

admin

सिरहा , ५ असाेज :  गोलबाजर नगरपालिका–४ निपनियाका ३९ वर्षीय दुखरन महरा मोचीको ह त्या आरोपमा उनकै पत्नी हरिहरदेवी महरा प क्राउ परेकी छन् ।

हरिहरदेवीले उपचारको बहानामा दुखरनलाई भारतको जयनगर पुर्‍याएको र भारतीय नागरिक मुकेश यादवको समूहलाई ६० हजार रुपैयाँ दिएर ह त्या गराएको अनुसन्धानबाट खुलेपछि उनलाई प क्राउ गरिएको प्रह रीले जनाएको छ ।

भारत विहारको मधुवनी जिल्लाअन्तर्गत जयनगर बजार नजिकै बरही गाउँमा गत भदौ १८ गते दुखरन मृ त फेला परेका थिए । धा रिलो हतियारले घाँटी रेटिएको र शरीरका विभिन्न भागमा चो ट पटक लागेको अवस्थामा श व फेला परेको थियो ।

जिल्ला प्रह री प्रवक्ता डीएसपी सुवास बुढाथोकीले घ टनाका विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए । मुकेशलाई भारतीय प्रहरी ले नै गिरफ्तार गरी जयनगर थानामा राखेको छ ।

प्रतिक्रिया