भारत र चीनका सैनिकबीच फेरि झ’डप, चार भारतीय र २० चिनियाँ सैनिक घाइते

admin

एजेन्सी, १२ माघ : लद्दाखपछि भारत र चीनका सैनिकबीच सिक्किममा त’नावपूर्ण अवस्था सिर्जना भएको छ । चिनियाँ सेनाले लाइन अफ ए’क्चुअल क’न्ट्रोल (एलएसी) मिच्न कोशिस गरेपछि दुई देशका सैनिकबीच झडप भएको हो । भारत र चीनका सैनिकबीच फेरि वि’वादित सीमा क्षेत्रमा सङ्घर्ष भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

झ’डपमा भारतीय र चिनियाँ दुवैतर्फका सेना घाइते भएका छन् । तीन दिन पहिला सिक्किमको ना कुलामा चीनले एलएसी बदल्ने कोशिस गर्दै भारतीय क्षेत्रमा प्रवेश गर्न खोजेपछि स्थिति त’नावपूर्ण भएको थियो । यस दौरानमा भारतीय सैनिकहरुले चिनियाँ सैनिकलाई रोकेका थिए । यस क्रममा चीन र भारतका सैनिकबीच भएको झ’डपमा चार भारतीय र २० चिनियाँ सैनिकहरु घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमकाअनुसार अहिले स्थिति त’नावपूर्ण रहेपनि स्थिर छ । भारतीय वरिष्ठ सैनिक अधिकारीका अनुसार सीमामा मौसम खराब भएपनि सुरक्षा व्यवस्था कडा पारिएको छ । यस विषयलाई लिएर लद्दाखको मोल्डोमा आइतबार भारतीय र चिनियाँ सैनिक अधिकारीबीच राति अबेरसम्म वार्ता भएको थियो ।

१५ घण्टासम्म चलेको वार्ताका निर्णयहरु अहिल्यै नै सार्वजनिक गरिएको छैन् । तर भारतले सीमामा शान्ति कायम राख्न अपिल गरेको छ । यस सङ्घर्षका बारेमा एक विज्ञप्ति नै निकालेर भारतीय सेनाले भनेको छ, ‘उत्तर सिक्किमको नाकुला क्षेत्रमा गएको जनवरी २० मा भारतीय सेना र पिपुल्स लिबरेशन आ’र्मीबीच सामान्य सङ्घर्ष भएको थियो ।’

यो सङ्घर्ष स्थानीय क’माण्डरहरुले नियमअनुसार समाधान गरिएको बताइएको छ । भारतीय सेनाले यस सम्बन्धमा तथ्यहरूलाई तोडमोड गरेर नलेख्न सञ्चारमाध्यमहरुलाई आग्रह गरेको छ । यसअघि समाचार एजेन्सी एएफपीले भारतीय मिडियामा छापिएको रिपोर्ट उद्धृत गर्दै सङ्घर्षमा दुवै पक्षका केही सैनिक घाइते भएको जनाएको थियो ।

यो घटना तीन दिनअघिको हो, उत्तर सिक्किमको नाकुला सीमामा केही चिनियाँ सैनिक सीमा पार गरेर भारततर्फ पुगेपछि विवाद उत्पन्न भएको थियो । गएको वर्षको जुन महिनामा लद्दाख क्षेत्रमा यी दुई पक्षबीच भएको सङ्घर्षमा कम्तीमा २० भारतीय सैनिकको ज्यान गएको थियो । यद्यपि आफ्नोतर्फ कति क्षति भएको भन्नेबारेमा चिनियाँ अधिकारीले केही बताएका थिएनन् ।

प्रतिक्रिया