भारत श्रीलङ्कासँग बराबरीमा राेकियाे, नेपाललाई फाइदा

admin

काठमाडौँ, २१ असोज : साफ च्याम्पियनशिप फुटबलमा भारत श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकिएको छ । माल्दिभ्सको मालेमा आज बिहीवार भएको खेलमा भारतले धेरै अवसर पाए पनि गोल गर्न भने सकेन ।

भारतले खेल अवधिभर ७३ प्रतिशत बल आफ्नो पक्षमा राखेको थियो भने ११ वटा प्रहार गरेको थियो । आजको बराबरीसँगै भारतलाई फाइनलमा पुग्न कठिन भएको छ । तर नेपाललाई भने फाइनल पुग्न थप सहज भएको छ ।

दुई खेलमा दुई वटै खेल जितेर नेपाल ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । बङ्गलादेश चार अङ्कसहित दोस्रो र भारत दुई अङ्कसहित तेस्रो स्थानमा छ । आजै पौने १० बजे बङ्गलादेश र माल्दिभ्स खेल्दैछन् ।

नेपालले आफ्नो तेस्रो खेलमा आउँदो आइतवार भारतसँग खेल्दैछ । नेपाल अहिलेसम्म साफको फाइनलसम्म पुगेको छैन । यस पटक भने नेपाल फाइनल नजिकै रहेको छ ।

प्रतिक्रिया