भालुको आ’क्रमणबाट एकको ज्यान गयो, चार जना घाइते

admin

सोलुखुम्बु, २ असोज : सोलुखुम्बुमा भालुको आ’क्रमणबाट एक जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।

भालुको आ’क्रमणबाट जंगलमा मालिङ्गो काट्न गएका महाकुलुङ गाउँपालिका ३ छेस्कामका ३६ वर्षका प्रेम कुलुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिएका छन् ।

घाइते भएका कुलुङका भाइ २२ वर्षका चतुर कुलुङ, महाकुलुङ गाउँपालिका वडा नम्बर ४ का वर्ष १९ का प्रेम कुलुङ, त्यही वडाका वर्ष २५ का सुजन कुलुङ, र वर्ष १९ का सन्तबहादुर कुलुङको उद्धार गरिएको छ ।

उनीहरुको स्वास्थ्य चौकी छेस्काममा उपचार हुन नसकेपछि थप उपचारको लागि बुङ स्वास्थ्य केन्द्र ल्याउने तयारी भइएको प्रहरी निरीक्षक दर्नालले जानकारी दिए ।

प्रतिक्रिया