भालुको आक्रमणमा परेका जीवनलाई सहयोग लिएर पुगे निर्देशक फुयाल [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। मानिसको चोला, कती बेर कस्लाई कस्तो अवस्थामा लान्छ कसैलाई थाहा हुन्न। भनिन्छ मन्दिर ,मस्जिद, चर्चा वा गुम्बा जहाँ धाउनुस् तर एक मानवको कल्याण जती धर्म अन्त कही भेटिन्न। तसर्थ १ वर्ष अघि भालुको आक्रमणमा परि गम्भीर घाइते भएका जीवन आचार्यलाई आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।

सहयोगको लागि सम्पर्क नं.

पवित्रा कुमारी आचार्य : ९८६१५०७६१४

खाता नं. : ११३०११०६४८४४३३१०००००१ (नेपाल ब्यांक लिमिटेड, फत्तेपुर)

मान्छेको जिन्दगी कतिबेला के हुन्छ भनेर कसैले पनि सोच्न सक्दैन। यस्तै जिन्दगिको यात्राको क्रममा बिगत एक वर्ष अघि सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाको गंगाजल बस्ने ४१ वर्षीय जीवन आचार्य भालुको आक्रमणबाट गम्भीर घाइते भएका थिए।

उनले उपचारको क्रममा २५ लाख भन्दा बढी रकम खर्चिसकेका छन्। अहिले उनी किर्तिपुरको किर्तिपुर अस्पतालमा उपचाररत छन्। उनको आर्थिक स्थिति एकदम नाजुक भएकोले अस्पतालले पनि उनलाई सहुलियत प्रदान गरेको छ। यद्दपि उनको उपचारमा भने अझै लाखौ खर्च हुने डाक्टरको भनाई रहेको छ।

उनको नाजुक अवस्था देखेर निर्देशक बि बि फुयालको मन थामियन। उनले जीवनलाई उपचारको लागि भनेर केहि आर्थिक सहयोग गरेका छन्। उनले जीवनको श्रीमती पबित्रलाई दश हजार सहयोग रकम हस्तान्तरण गरेका छन्। आशा छ उनको यो सहयोगले जीवनको जीवनमा केहि मात्रामा भए पनि सहजता हुने छ।

सके आर्थिक सहयोग नसके यो समाचार शेयर गरेर भए पनि सहयोगी मनसम्म पुराइदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तपाईले आफुले सकेको सहयोग गरेर जीवन आचार्यको जीवन बचाईदिनुहुन होला। सहयोग गर्न चाहनेले पिएनपी मिडियाको अफिसियल पेज पिएनपीखबर डट कममा मेसेज पनि गर्न सक्नुहुन्छ।

सेवा नै धर्म हो,धर्म नै कर्म हो। त्यसैले सच्चा मनले सक्दो सहयोग गरौ, जीवन आचार्यको जीवन बचाउन मदत गरौ।

बाँकि भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू