भालुको पित्तसहित दुई जना प’क्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २८ असार : संरक्षित वन्यजन्तु भालुको पित्तसहित दुई जनालाई प्र’हरीले प’क्राउ गरेको छ । अवैधरुपमा कारोवार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय अ’पराध महाशाखाबाट आज खटिएको विशेष टोलीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–८ कल्याणपुरबाट उनीहरुलाई प’क्राउ गरिएको हो ।

प’क्राउपर्नेमा मकवानपुर वरभञ्ज्याङका हरिबहादुर मोक्तान र सोही जिल्लाको डाँडाखर्कका रामबहादुर लामा रहेको महाशाखाका प्र’हरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

उनीहरुले रु २० लाखमा बिक्री गर्न भनी साथमा लिइ हिँडिरहेका अवस्थामा भालुको पित्त बरामद गरिएको प्र’हरीले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको जनाइएको छ ।

प्रतिक्रिया