भाेलिदेखि नगरकाेटमा अनिश्चितकालिन बन्द

admin

भक्तपुर, १ भदौ : भक्तपुरमा रहेको पर्यटकीय क्षेत्र नगरकोटमा रहेको साना तथा मझौला व्यवसायीले नगरकोटलाई अनिश्चित कालको लागि बन्दको घोषणा गरेका छन् । भोली सोमबारबाट साना तथा मझौला व्यवसायी संघले बन्दको आव्हान गरेको हो ।

नगरकोटमा व्यवसाय सञ्चालन गर्दै आएका साना तथा मझौला व्यवसायीहरुको टहरालाई जिल्ला वन कार्यालय भक्तपुर र चागुनारायण नगरपालिकाले हटाएपछि व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन् । नगरको वडा नम्बर ६ का स्थानीय ४० बर्षदेखि बसोबास गर्दै आएको क्षेत्रका घरटहरालाई नगरपालिकाले निशाना बनाएको छ । पीडितहरुले न्यायको लागि बन्द आव्हान गरेको बताएका छन् ।

टहरा भत्काईएपछि झण्डै ५ सय घरधुरी प्रभावित भएका छन् । राज्यले कुनै योजना नबनाइ घरटहरा हटाउनु दुर्भाग्यपूर्ण रहेको र यो निर्णय सच्चाउन सम्बन्धित निकायलाई समेत संघले आग्रह गरेको छ। नजिकिदै गरेको पर्यटन बर्ष २०२० को धज्जी उडाउँदै जनभावना विपरित स्थानीय सरकार लाग्नु दुखद भएको संघको ठम्याइ छ।

प्रतिक्रिया