भिमेश्वर मन्दिरको शिलामा फेरि आयो पसिना, मुलुकमा अनिष्ट हुने संकेत

admin

काठमाडौं, २५ बैशाख : दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा फेरि पसिना आएको छ । मन्दिरको शिलामा शनिबार दिउँसो १२:१५ देखि पसिना आएको स्थानीयहरुले बताएका छन् ।

मन्दिरका पुजारी काशिनारायण श्रेष्ठलाई उद्धृत गर्दै स्थानीयले जानकारी दिएअनुसार मध्यान्ह १२ बजेपछि गरिने छक्काल पुजा गर्न लाग्दै गर्दा शिलाको शिरको दाहिने भागबाट पसिना आएको र केहिबेरपछि शिलाको बीच भागबाट पसिना आएको हो ।

स्थानीय बासिन्दा तथा मनोविद् आदर्श प्रधानका अनुसार शिलामा पसिना आए केही अनिष्ट हुने किवंदन्ती छ । भीमसेन मन्दिरको शिलामा पसिना आएपछि जिल्लास्थित सरकारी टोली मन्दिर पुगेको एक स्थानीय अधिकारीले जानकारी दिए । यसअघि गत मंसिर १४ गते पनि भीमेश्वरको शिलामा पसिना आएको थियो ।

प्रतिक्रिया