भीमबहादुर विश्वकर्मा ह त्या प्रकरणले लियो उग्र रुप, देशैभर आन्दोलन गर्ने

admin

काठमाडौं, कात्तिक ५ : दलितले पनि दुर्गा मन्दिरमा पुजा गर्न पाउनुपर्ने आवाज उठाउदै आएका चितवन भरतपुर उपमहानगरपालिका ४ का भीमबहादुर विश्वकर्मा मारिएको घ ट नाले ठुलो रुप लिने भएको छ ।

दशैंमा दुर्गा मन्दिरमा दलितले पनि पुजा गर्न पाउनुपर्छ भन्दै आवाज उठाउदै आएका विश्वकर्माको दलितले मन्दिर पस्न पाउनुपर्ने भन्दै अधिकार खोज्ने भिम बिश्वकर्मा र दलित मन्दिर भित्र पस्नहुन्न भन्ने बिचको वादविवादले भिम बहादुर बिक दलित भएकैले जातीय विभेद बाट अछुत दलित बिश्वकर्माको ह त्या गरेको भन्दै दलित अधिकारकर्मीले काठमाडौं सहित देशैभर आ न्दोल न गर्ने निर्णय समेत गरेका छ्न ।

बिहीबार काठमाडौँको माइतीघर मण्डलामा आयोजित भीमबहादुर विश्वकर्माको न्यायको लागि खबरदारी कार्यक्रममा जनता समाजवादी पार्टी अन्तरगत शिल्पी बिशेष प्रदेश राष्ट्रिय समितिको आयोजनामा उपस्थित नेताहरूले जातीय बिभेद ह त्या हिं साका वि रुद्ध देशभर सशक्त आन्दोलन गर्ने बताएकाहुन ।

कार्यक्रममा आयोजक विशेष समिति अध्यक्ष एवं अधिकारकर्मी दलमर्दन कामीले बिश्वकर्मा हिन्दुधर्मावलम्बी भएकाले दसैं अर्थात दुर्गा पुजाको दिन हिन्दु सस्कार अनुसार दुर्गाको पुजा गर्न पाउनुपर्ने भन्दै दुर्गा मन्दिर पुगेका बिश्वकमालाइ त्यहका उपस्थित तथाकथित उच्चजातीय भन्नेहरूले कथित दलितले मन्दिर भित्र पसेर पुजा गर्न नपाउने विवाद उठाउनु थाले पछी मृ त क भिम बिकले पाउनपर्ने जिद्दी गर्दै यो मन्दिर म र मेरो परिवारले पनि श्रमदान गरेर बनाएको हो ।

मैले जसरी पनि पुजा गर्न पाउनुपर्छ म बोका लिएर पुजा गर्न आउछु भनेर चर्किए पछि सिताराम बस्नेत र दिलिप श्रेष्ठलले उच्चजातीय अहंकार देखाएर पाइप ईट्टा र ढुङ्गाले टाउकोमा हिर्काएर मारी भिम बिश्वकर्मा स्वयंले बनाएको दुर्गाकोमा बलि दिइयो आरोप लगाए ।

कार्यक्रम जसपाकी नेतृ हिसिला यमी दलित माथी यसरी जातीय विभेद कायमै राखे कसरी हिन्दुनै हुन भनेर हिन्दुहरुले भन्ने अनि दलित जनजाती इशाइ भए किराँती भए मष्ठ धममा लागे मुस्लिम भए भनेर किन आरोप लाउने ? हिन्दु भित्र भएको कुसंस्कारको अन्त्य नभएसम्म दलित जनजाति लाई हिन्दु भएर बस्न कुनै गुन्जायस नभको भन्दै तत्काल सुधार गरेर जातीय बिभेदक अन्त्य गर्नुपर्ने बताउदै धर्म भित्र भएको कुसंस्कारका कारण उच्च जातीय अहंकारले हत्या गरिएका भिम बिश्वकर्मालाई सास्कृतिक सहिद घोषणा गर्नुपर्नेमा जोड दिएकीछ्न ।

कार्यक्रममा कमला हेमचुरी डाक्टर मित्र परियार कृष्ण घलान लगायका नेताले घटनाको बिरोध गर्दै पिडक लाई हदैसम्मको कार्वाही पीडितका परिवारलाई न्याय र क्षतिपूर्तिको माग सरकार राखेर मृतक बिश्वकर्मा सास्कृत सहिद घोषणाको माग गरेका छ्न।

हिन्दु अतिवादीले विश्वकर्माको मन्दिरमा कुटीकुटी हत्या गरेर बताउदै २१ औं शताब्दीमा समेत जातीय भेदभाव कायमै रहेको बताउदै सरकार र राज्य संयन्त्रलेनै यसको पक्षपोषण गरिरहेको बताएकाछ्न।

केहि हिन्दुअतिवादिले विश्वकर्माको हत्या नियोजित तरिकाले गरेको भन्दै हत्यारालाई हदैसम्मको कारवाही माग गर्दै विश्वकर्मालाई सांस्कृतिक सहिद घोषणा गर्नुपर्ने माग उपस्थित नेताकार्यकर्ता हरुको थियो कार्यक्रम जसपाको दलित भातृसंगठन समाजवादी दलित मुक्ति संगठनका उपमहासचिव सन्त घताल प्रदीपले गरेकाथिए ।

प्रतिक्रिया