भीमसेन मन्दिर पुनःनिर्माण गर्न एक करोड

राष्ट्रिय समाचार समिति

ललितपुर, २७ मङ्सिर : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई रु एक करोड अनुदान रकमको चेक हस्तान्तरण गर्नुभएको छ । पाटन दरबार क्षेत्रमा अवस्थित भीमसेन मन्दिर पुनःनिर्माणका लागि आज लपु महानगरपालिकाले सो रकम सहयोग गरेको हो ।

महानगरपालिकाको नगरसभाबाट अनुमोदन गरेर भीमसेन मन्दिर पुनःनिर्माणका लागि सो रकम छुट्टाउन सफल भएको महानगरपालिका प्रमुख महर्जनले बताउनुभयो । शङ्खमुलस्थित जगतनारायण मन्दिर र बुङ्मतीको रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम हालसम्म अघि नबढेकोमा महर्जनले गुनासो गर्नुभयो ।

समितिका साथै ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहनुभएका कृष्णलाल महर्जनले मन्दिर पुनःनिर्माणको थालनी गरेको दुई वर्षभित्रमा काम सम्पन्न गर्ने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ सङ्घले रु १० लाख राखेर विसं २०७५ चैत २४ गतेबाट मन्दिर भत्काउन शुरु गरेकोमा ८० प्रतिशत भत्काउने काम सम्पन्न भइसकेको छ ।” सङ्घले मन्दिरको छानामा सुन लेपन बाहेक पुनःनिर्माणका लागि झण्डै रु चार करोड ९३ लाख अनुमानित लागत लाग्ने योजनासाथ सहयोगी रकम सङ्लन गरिरहेको छ ।

सङ्घले हालसम्म रु एक करोड ६३ लाख २७ हजार १७१ रकम सङ्कलन गरेको छ । उहाँले थप्नुभयो, “केही समय अघि एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठले रु एक करोडको चेक हस्तान्तरण गर्नुका साथै सांसद कृष्णलाल महर्जनले रु १९ लाख, सांसद पम्फा भुषालले रु ५० लाख र प्रदेश नंं ३ सरकारबाट रु ५० लाख दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।” ‘हाम्रो सम्पदा हामी आफँै बनाऔँ” भन्ने नाराका साथ अघि बढेको सो पुनःनिर्माणको कामलाई सहयोग पु¥याउन सङ्घ र कुमारी बैंकले संयुक्त रुपमा केही महिना अघि पर्यटन प्रवद्र्धनात्मक पदयात्रा आयोजना गरेकोमा सो अवसरमा रु आठ लाख ७६ हजार ५०० सङ्कलन भएको थियो ।

यसैगरी आज हिमालय बंैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले पुनःनिर्माणका लागि रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभयो गोर्खा भूकम्पका कारण भीमसेन मन्दिरको माथिल्लो तलाको गारो थाम्ने थाम, दलिन र बिम भाँचिएर भित्ताहरु चिराचिरा परेका थिए । सो मन्दिर परिसरबाट आवतजावत गर्ने हजाराँै स्वदेशी तथा विदेशीलाई नोक्सानी पुग्ने डरका कारण लपु महानगरपालिका, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, स्थानीयवासी र पाटनमा रहेका विभिन्न सङ्घसंस्थाले मिलेर पुनःनिर्माण अघि बढाएका हुन् ।

प्यागोडा शैलीमा निर्माण भएको भीमसेन मन्दिरको गजुर, तामा र धातुको पातालगायत अन्य महत्वपूर्ण वस्तुको रेखदेख पुरातत्व विभाग, स्मारक संरक्षक तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयको निगरानीमा छ । मन्दिरलाई चाहिने डाची र इँटा दक्षिण बाराही ब्रिक फ्याक्ट्रीका हीराकाजी महर्जन र तीर्थलाल महर्जनले उपलब्ध गराउने भएका छन् भने मन्दिर निर्माणमा लाग्ने सम्पूर्ण प्राविधिक सहयोगको जिम्मा काठमाडाँै भ्याली प्रिजर्भेशन ट्रष्टले लिएको छ ।

प्रतिक्रिया