भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि बालकोटमा ठूलो तरंग, ओली सिध्याउने माधव नेपालकै योजना हो त? (भिडियो)

admin

काठमाडौँ, मंसिर ५ : नेकपा (एमाले)को महाधिवेशन सुरु हुनु पाँच दिनमात्रै बाँकी छ । महाधिवेशनको मिति साँघुरिँदै जाँदा उपाध्यक्ष भीम रावलले अध्यक्षमा उमेदवारी घोषणा गरे । आइतबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेर रावलले उम्मेदवारी घोषणा गरेका हुन् ।

एमाले अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको र सर्वसम्मत रूपमा अधिवेशन सम्पन्न हुने नेताहरूको दाबीकाबीच रावलले चुनौती प्रस्तुत गरेका हुन् । महाधिवेशनका विषयमा आफूले कुराकानी गर्न खोज्दा पनि पदाधिकारीका विषयमा नेताहरूले कुरा गर्न नचाहेको उनको गुनासो पनि छ ।

पत्रकार सम्मेलनमा एक्लै देखिएका रावलले पार्टीमा प्यानल नबनाउने निर्णय भएकाले स्वतन्त्र रूपमा अरू नेताहरूले पनि उमेदवारी दिने उनको दाबी छ ।

एमालेका अध्यक्ष ओलीले आफू दोहोरिने औपचारिक घोषणा त गरेका छैनन् । तर, वर्तमान चुनौतीलाई पार लगाउने नेता अरू कोही नभएको नेताहरू बताउँदै आएका छन् । ओली नै एमालेको अध्यक्ष बन्ने निश्चित भएको उनीहरूको दाबी छ ।

“वर्तमान संकटलाई पार लगाउने नेता भनेको केपी ओली नै हो । अहिलेको अध्यक्ष उहाँ नै हो,” एमाले नेता राजेन्द्र गौतम दाबी गर्छन् । ओलीको विकल्प नदेखेको बताइरहँदा विद्रोही स्वाभावका रावलले उनलाई चुनौती दिने भएका हुन । उनले आफू पार्टीको नेतृत्व गर्नसक्ने भन्दै त्यसमा विश्वस्त हुन आग्रह गरेका छन् ।
हेर्नुहोस् भिडियो :

प्रतिक्रिया