भुलभुलेमा जीप दुर्घटना: १० जना घाइते

राष्ट्रिय समाचार समिति

धादिङ, १७ भदौ : नीलकण्ठ नगरपालिका–२ भुलभुलेमा आज भएको जीप दुर्घटनामा १० जना घाइते भएका छन् । ग१ज ६०६१ नंको बोलेरो जीप धादिङबेसीबाट पात्लेतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।

फाइल फोटो

प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार जीप अनियन्त्रित भई सडकमा पल्टिएको थियो । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडाँैको ट्रमा सेन्टर लगिएको छ । सामान्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया