भुलेर पनि यी ५ काम नगर्नुहोस् रिसाउछिन् लक्ष्मी माता

रिता घिसिंग

पिएनपिखबर : ज्योतिष र वास्तुसंग जोडिएका कैयौँ यस्ता साना कुराहरु छन् जसलाइ हामी वेवास्ता गर्दछौ या त हामीलाई ति सब कुराहरु बारे जानकारी नै हुँदैन ।भुलेर पनि यी ५ काम नगर्नुहोस् रिसाउछिन् लक्ष्मी माता :

१, मैलो कपडा लगाउने
तपाई सफा-स्वच्छ बस्नु हुन्छ भने तपाईसंग अरु मान्छेहरु मिलजुल गर्न संकोच मान्दैनन। यदि तपाई व्यापार गर्नुहुन्छ भने सफा भएर अरुलाई आकर्षित गर्न सक्नुहुन्छ। यदि नोकरी गर्नुहुन्छ भने आफ्नो स्वच्छता देखेर मालिकलाई खुसि पार्न सकिन्छ। यदि तपाई यसको उल्टो फोहोर लुगा लगाउने फोहोरी भएर बस्नु भएमा। तपाइको नजिक कोहि पनि आउन चाहदैनन्। तपाइलाई मालिकले पनि मन पराउदैनन् साथै व्यापार गर्नु हुन्छ भने ग्राहक पनि फोहोर देखेर भाग्छन। त्यसैले जहिले आफुले लगाउने कपडा सफा हुनुपर्छ।

२, दाँत नमाझने मान्छे
यदि तपाई आफ्नो दाँत माझ्न अल्छी गर्नु हुन्छ भने बिस्तारै तपाइको स्वास गनाउन थाल्छ। यसले तपाइको नजिक कोहि आउन मान्दैनन।साथै खुलेर हास्न पनि अफ्ट्यारो हुन्छ। त्यसैले दिनमा २ पटक दाँत माझ्नुहोस।

३, धेरै खाने मान्छे
धेरै खाने मानिस देखि पनि लक्ष्मी माता रिसाउने गर्छन। धेरै खाएपछि मान्छे मोटाउछ। जसले गर्दा बिस्तारै अल्छी हुन् थाल्छ। परिश्रम गर्न अल्छी मान्ने मानिसले जीवनमा केहि गर्न सक्दैनन्। त्यसैले धेरै खाने मानिस देखि रिसाउछिन लक्ष्मी माता।

४, कठोर बोल्ने मानिस
जो मान्छे स-सानो कुरामा अरुलाई कराउने अपशब्द बोल्ने गर्छन। यस्ता मान्छेदेखि पनि लक्ष्मी माता रिसाउने गर्छन। जो व्यक्ति यसो ब्यबहार आफ्नो नजिकका मानिस र नोकरसंग गर्ने व्यक्ति एकदम क्रुर हुन्छन। त्यस्ता मान्छेको मनमा प्रेम, दया भन्ने भाव हुदैन।

५,सूर्योदय एवंम सूर्यास्तका बेला सुत्ने मानिस
सूर्योदयका समय ब्यायाम वा योगा गर्ने समय हो। त्यस्तै सूर्यास्तका समय पनि काम गर्ने समय हो। यदि यतिबेला कोहि व्यक्ति सुत्छान भने गैर जिम्मेवार र अल्छी हुन्छन। यस्ता व्यक्ति जीवनमा केहि गर्न खोज्दैनन् बिना मेहेनत सबै सफलता हासिल गर्न खोज्छन। लक्ष्मी माता परिश्रम गर्ने व्यक्ति देखि प्रसन्न हुन्छिन। त्यसैले सूर्योदय एवंम सूर्यास्तका बेला सुत्नु हुदैन।

प्रतिक्रिया