भुवनले साम्राज्ञी बिरुद्ध चलचित्र कलाकार संघमै दिए उजुरी

admin

अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीको द्धन्द झन् झन् चर्किएको छ । साम्राज्ञीले केहि समय अगाडी इन्स्टामा एउटा भिडियो पोष्ट गर्दै कानुकी परामर्श लिने बताएको केहि घण्टा नवित्दै भुवन केसीले साम्राज्ञीलाई चेतावनी दिएकी छन् । साम्राज्ञीलाई सम्बोधन गर्दै , आफुले नै फिल्ममा डेव्यु गराएको र पितासम्मान मान्छेलाई लान्छाना लाउने भन्ने प्रतिक्रिया दिएका छन् ।

भुवनले सामाजिक सञ्जालमा लेख्दै ,‘ सुपर काजल फिल्मको चलचित्र ड्रिम्स बाट चलचित्र क्षेत्रमा पदार्पण गर्ने मौका दिने व्यक्तिप्रति धन्यवादी हुनुहुन्छ भन्नेमा अपेक्षा गर्दछु । ’ उनले थप लेखेका छन् ६ बर्ष अगाडी प्रदर्शन भएर सुपर हिट भएको फिल्म ‘ड्रिम्स्’को कुरा अहिले नगर्न आग्रह गरेका छन् ।

फिल्म ड्रिम्सको सुटिङको क्रममा पानी खान पाइन, छाता ओड्न पाइन ,सुविधा प्राप्त भएन भन्ने जस्ता झुठा आरोप नलाउन आग्रह गरेका छन् । उनले भनेका फिल्म चलेको ३ बर्ष पछि आएर आफु लगायत अरु निर्माताहरुलाई गाली गलौज गरेको देख्दा आश्चर्य लागेको बताए ।

उनले थप लेखेका छन्, ‘आफुलाई ब्रेकदिने पितातुल्य व्यक्तीको बारेमा अनर्गल तथा झुटा कुराहरु उल्लेख गरी तपाईंले मेरो बारेमा आफ्नो इन्स्टाग्राममा भिडियो बनाइ पोस्ट गर्नुभएको सामाग्रीहरुको सम्बन्धमा मेरो गम्भिर ध्यान आकर्शन भएको छ ।’

उनले अभिनेत्री साम्राज्ञीलाई चेतावनी दिदैँ भने, ‘ अब उप्रान्त तपाईंले म भुवन के सीले विगत चालिस बर्षदेखी नेपाली चलचित्रमा काम गरी विभिन्न सुपरहिट फिल्म निर्माण गरी आजसम्म यहि चलचित्रको क्षेत्रमा रातदिन कार्यरत रही मैले हाँसिल गरेको मान प्रतिस्ठामा आघात पुग्नेगरी पुनः त्यस्ता मान मर्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्रम , फेसबूक या अन्य कुनैपनि सामाजिक सञ्जालमा पोस्ट नगर्न, हुन सुचित गर्दछु !’

उनले आफुलाई आफुलाई झुटो आरोप तथा लान्छना लगाउने काम गरे प्रचलित साइवर कानुन र मानहानी सम्बन्धी कानुनको प्रयोग गर्ने जस्ता धम्की दिएका छन् । उनले आफुलाई पुग्न गएको मानसम्मानको हानी – नोक्सानी उपर क्षतिपुती तिराउने कानुन बमोजिमको सजायको भागेदारी गराउने चेतावनी दिएका छन् ।

उनले चेतावनी स्वरुप सामाजिक सञ्जालमा लेखेको एक घण्टा नवित्दै भुवनले नेपाल कलाकारसंघ उजुरी दिएका छन् । उनले उजुरीको पत्र सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेका छन् , कानुनले नै, फैसला गर्ने छ । यस सम्बन्धी छानविन लागि मैले नेपाल चलचित्र कलाकारसंघमा निवेदन दिइसकेको छु । ’

प्रतिक्रिया