भूकम्पको धक्का महसुस

admin

बैतडी, ११ साउन :  सोमबार बेलुका बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार सोमबार बेलुका ६ बजेर ४९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो।

उक्त भूकम्प दार्चुलाको सुनसेरा आसपास भएर गएको केन्द्रले जनाएको छ। भूकम्पको क्षतीबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया