भेटियो अचम्मको गुफा : गुफाभित्र रहस्य नै रहस्य, मनले चित्ताएको पुरा हुने विश्वास

मनिषा थापा

पिएनपिखबर : काठमाडौँबाट करिब ५० किलोमिटर टाढा रहेको पर्यटकीय र धार्मिक हिसाबले सुन्दर नगरी मण्डनदेउपुर नगरपालिका वडा नम्बर ११ ज्यम्दिको सेतो पारो भन्ने ठाउँमा एउटा अचम्मको गुफा रहेको छ। धार्मिक महत्व बोकेको उक्त गुफाभित्र विभिन्न रहस्मय कुराहरु रहेका छन्।

दोलालघाटबाट ५ किमि बाइक वा गाडीमा गएर आधा घण्टा पैदल हिडेपछी बल्ल उक्त गुफा नजिक पुगिन्छ। गुफा पुग्नु भन्दा १०० मिटर वर बाटैमा एउटा रहस्यमय पाइला समेत् रहेको छ। बाहिरबाट हेर्दा सामान्य लाग्ने यो गुफाभित्र भने प्राकृतिक रुपमै सिर्जित विभिन्न आकृतीहरुले भरिभराउ रहेको छ।

झन्डै शैलुंगेश्वर महादेव र हलेसी महादेवको झल्को दिने यस गुफाभित्र रहेको मन्दिर अहिले धार्मिक रुपमा परिचित हुदैछ। स्थानीयबासीहरु यस मन्दिरमा पूजा गरेमा आफ्नो मनोकांक्षा पुरा हुनुको साथै सन्तान प्राप्त हुने विश्वास समेत् रहेको बताउछन्।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू