भेष बदलेर यौ’नधन्दा चलाउने पूजारी जनकपुरतर्फ भागे !

admin

सिरहा : सिरहाको बस्तीपुर स्थित रहेको एक मन्दिरमा यौ’न धन्दा चलाउँदै आएका मन्दिरका पूजारी राम दयाल दास भेष ब’दलेर भागेका छन् ।

मङ्गलबार बेलुकी सिरहाको बन्दीपुर स्थित कमला छेउमा रहेको एक मन्दिरमा रहेको बेला स्थानीयहरुले पहिचान गरे लगत्तै प्र’हरीलाई जानकारी गराएपछि कल्याणपुर प्र’हरी चौकीबाट खटि गएको टोली पुग्दा त्यतिबेला सम्म उनि जनकपुर तर्फ भागेको जानकारी प्राप्त भएको छ ।

स्थानीयहरुका अनुसार, पूजारी दासले अहिले दाह्री, जुँगा र कपाल खौरिएका (काटेको) छ भने गेरुवा वस्त्रको साटो पुरै सेतो रँगको कपडा लगाएर भागेको हो । स्पलेण्डर मोटरसाईकल समेत राखेका पूजारीसँग एक युवति समेत देखिएको स्थानीय एक युवकले बताए ।

युवकले भने,–“हामी चाहेर पनि उनलाई समात्न सकेनौ, किनकी त्यतिबेला पनि उनी मन्दिरमा थिए र हाम्रो समाजमा बाबाहरुलाई केही गर्नु भनेर भनेपछि छोडदिएको मात्रै हो, पुरै भेषभूषा परिवर्तन गरी भागेका छन् । हामी प्र’हरीलाई खवर गरेका थियौं, प्र’हरी पुगेपछि तबसम्म भागिसकेको थियो ।”

यता, जिल्ला प्र’हरी कार्यालय सिरहाका अनुसार, आरोपित पूजारी जनकपुर तर्फ भागेको भन्दै उनको खोजी कार्य तीव्र पारिएको जनाएको छ ।


पूजारी रामदयाल दास बस्तीपुर स्थित रहेको मन्दिरमा विभिन्न ठाउँबाट यौ’नकर्मीहरुलाई बोलाएर मन्दिरभित्रै यौ’नधन्दा सँचालन गर्दै आएका थिए । त्यतिबेला नै प्र’हरीले लापरवाही गर्दा पूजारी दास भाग्न सफल भएको हो ।

प्रतिक्रिया