भोलिदेखि देशका केही ठाउँमा लगातार वर्षा हुने

admin

काठमाडौं, ५ जेठ : देशको पहाडी क्षेत्रको मौसममा अहिले आंशिक बदली भएको छ । स्थानीय वायुको प्रभावका कारण सोमबार देशको धेरै ठाउँको मौसम आंशिक बदली भएको मौसमविद्ले बताएका छन् ।

मंगलबारदेखि भने नेपालमा बङ्गालमा बनेको चक्रवातको असर पर्ने भएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार बङ्गालको खाडीमा बनेको अम्पोन नामक चक्रवातको प्रभावका कारण मंगलबारदेखि नेपालको पूर्वी क्षेत्र र मध्यपूर्वी क्षेत्रमा लगातार वर्षाको सम्भावना छ ।

प्रि-मनसुनको समयमा बङ्गालमा यस्ता खालका चक्रवात बन्नु कुनै नौलो भने नभएको अर्का मौसमविद् मानन्धरले बताइन् । मंगलबार बेलुकादेखि नेपालको पूर्वी क्षेत्रमा यो चक्रावतको असर पर्ने र लगातार ठूलो वर्षाको सम्भावना रहेको उनले बताइन् ।

तर, यो चक्रवातको असर नेपालको पश्चिम क्षेत्रमा भने नपर्ने उनको भनाइ छ । मंगलबार बेलुकादेखि पूर्वका र मध्यपूर्वका पहाडी क्षेत्रमा लगातारको वर्षाको सम्भावना छ, यसले गर्दा बाढी र पहिरोको जोखिम पनि देखिन्छ’, मौसमविद् मानन्धरले भनिन् । यो चक्रवातको प्रभाव दुई दिन दिनसम्म नै रहने छ । 

प्रतिक्रिया