भोलिदेखि फिल्म हल र दोहोरी साँझसमेत खोल्न पाइने

admin

काठमाडौं, १६ भाद्र : काठमाडौं उपत्यकामा बिहीबारदेखि चलचित्र हल, दोहोरी साँझ, डान्स बार लगायतका व्यवसाय पनि खुल्ने भएका छन् । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले चलचित्र हल, दोहोरी घर, रेस्टुरेन्ट लगायतका व्यवसाय खोल्न दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ मा उल्लेख भएका मापदण्डहरू पालना गरेर व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको प्रजिअ पराजुलीले बताए । मापदण्ड पालना भए/नभएको बारेमा अनुगमन हुने उनले बताए । उपत्यकाको निषेधाज्ञा भदौ मसान्तसम्मका लागि थपिएको भए पनि भिडभाड हुने गरी सभा, जुलुस, भोजभतेर गर्न नपाइने जस्ता सामान्य व्यवस्थामात्र रहेका छन् ।

प्रतिक्रिया