भोलि पनि राहदानी सम्बन्धी सेवा प्रदान गरिने

admin

काठमाडौं, १६ बैशाख : सेवाग्राहीको चाप बढेसँगै साउदीमा रहेको नेपाली दूतावासले शुक्रबार पनि राहदानी (पासपोर्ट) सम्बन्धी सेवा प्रदान गर्ने भएको छ । राहदानी नवीकरणका लागि दूतावासमा आउने सेवाग्राहीको संख्या उल्लेख्य रुपमा बढ्दै गएको भन्दै दूतावासले बैशाख, जेठ र असार महिनाभरि शुक्रबार पनि सेवा प्रदान गर्ने जनाएको हो ।

सार्वजनिक बिदाका दिन पनि राहदानी सेवाका लागि दूतावास खुल्ला रहने व्यवस्था गरेको दूतावासले जनाएको छ । राहदानी नवीकरण गर्न चाहनेहरुले नवीकरण गर्न र नयाँ बनेर आएको राहदानी लिन चाहनेहरुले राहदानी बुझिलिन सक्नेछन् ।

यस्तै दूतावासमा राहदानी बनाउन आउनेहरुले आफूसँग भएको राहदानीको सक्कल, त्यसको फोटोकपी र नागरिकताको फोटोकपी अनिवार्यरुपमा लिएर आउनुपर्ने दूतावासले जनाएको छ ।

प्रतिक्रिया