भोली बन्दैछ खास योग : यसरी उठाउनुहोस शुभ अवसरको लाभ !

मनिषा थापा

पिएनपिखबर,  भक्तपुर  :  शास्त्रमा कुल २७ नक्षत्रको वरण गरिएको पाइन्छ जसमा पुष्य नक्षत्रको सबैभन्दा शुभ नक्षत्र मानिन्छ। यी सबै नक्षत्रमा पुष्प नक्षत्रको स्थान ८ औ स्थानमा हुने गर्छ। पुष्य नक्षत्रलाई सबै नक्षत्रको राजा मानिन्छ। यस नक्षत्रमा गरिएको कार्य सर्वथा सिद्धि हुने पुराणमा बताइएको छ।

पुष्य नक्षत्रमा नयाँ चीजको खरिद गर्नाले सुख-समृद्धि र वैभवमा बढोतरी हुने गर्छ। यस नक्षत्रमा जमीन र घरमा लगानी गर्नाले लामो समयसम्म लाभकारी सिद्ध हुने गर्छ ।

यस नक्षत्र ३० अक्टुबरको विहान ३ : ५० मिनेटमा शुरु भएर अर्को दिन बिहिबार  बिहान २ : ३० सम्म रहनेछ ।  बुध पुष्य नक्षत्रमा शुभ ग्रहको प्रभाव हुनका कारण यस दिन कुनै पनि सामान खरिद गर्नु शुभ रहन्छ । यसो गर्दा धन-सम्पतिमा उन्नती हुनेछ । जहिले पनि पुष्य नक्षत्रको दिन नयाँ सामान किन्नु अत्यन्त शुभ रहन्छ । यस दिन सबै चिज किन्दा शुभ फल प्राप्त हुने गर्छ । 

प्रतिक्रिया