‘भ्याट क्यास ब्याक’ प्रणाली कार्यान्वयनमा

admin

काठमाडौं, माघ २८ : ‘भ्याट क्यास ब्याक’ प्रणाली कार्यान्वयनमा आएको छ । आन्तरिक राजस्व विभागले उपभोक्ताले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु वा सेवा खरिदमा विद्युतीय उपकरणबाट भुक्तानी गर्दा रकम फिर्ता हुने व्यवस्था सुरु गरेको हो । विभागले मंगलबारबाट उपभोक्ताले कुनैपनि वस्तु वा सेवा खरिद गर्दा विद्युतीय उपकरणबाट भुक्तानी गरेमा सो उपभोक्तानलाई नगद प्रोत्साहनस्वरुप भुक्तानी गरेको करको १० प्रतिशत रकम बैंक खातामा जम्मा हुने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

विद्युतीय भुक्तानीसम्बन्धी उपकरणबाट भुक्तानी गर्दा उपभोक्ताको खाताबाट बिक्रेताको बैंक खातामा र बिक्रेताको खाताबाट पुनः करको १० प्रतिशत रकम उपभोक्ताको बैंक खातामा तत्कालै जम्मा हुन्छ । यो सेवा उपलब्ध गराउन इच्छुक भइ सूचीकृत भएका फोन–पे, इ–सेवा, खल्ती, सेल पे र कनेक्ट आईपीएसजस्ता भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थासँग आवद्ध बिक्रेता तथा उपभोक्ताहरुले यो सुविधा पाउने छन् ।

यस्तो प्रणालीगत सुधार गरेका बिक्रेताहरुबाट एकपटकमा एक हजारदेखि एक लाख रुपैयाँसम्मको मूल्य अभिवृद्धि कर लाग्ने वस्तु वा सेवाको खरिद गरी विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताहरुले यो सुविधा उपभोग गर्न सक्नेछन । यो व्यवस्थाले उपभोक्तालाई लाभ पुग्न गइ वस्तु वा सेवा खरिद–बिक्री गर्दा बिल बिजक लिने दिने व्यवहारमा सुधार आउने अपेक्षा विभागको छ ।

प्रतिक्रिया