भ्यालेन्टाइन डे: प्रेमिकालाई रातो गुलाब किन्दा आमालाई पनि निधारमा लाउने रातो टीका किनिदेउ ! (विचार)

अस्मिता बेल्बासे

फेब्रुअरी १४ संसारभर मनाइने ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस ! प्रेमिल जोडीहरुले यस दिनलाई उत्सवको रुपमा मनाउँछन्।

इटालीका पादरी सेन्ट भ्यालेन्टाइनले तत्कालीन नियमविरुद्ध सैनिकहरुको प्रेम विवाह गराइदिएको सम्झनामा यो दिवस मनाउने गरिएको हो । सैनिकको विवाह गराइदिएका पादरी भ्यालेन्टाइनलाई तत्कालीन शासकले मृत्युदण्ड दिए पनि उनी प्रेमी–प्रेमिकाका लागि सधैँ अमर रहेको भन्दै फेब्रुअरी १४ मा प्रणय दिवस मनाउन थालिएको हो ।

इस्वी संवतको तेस्रो शताब्दीमा प्राचीन रोमन साम्राज्यबाट सुरु भएको मानिने ‘भ्यालेन्टाइन डे’ पछिल्लो समय नेपालमा पनि मनाउने गरिएको छ। यो साता फेसबुक देखी पत्रपत्रिका अनलाइन र युटुबसम्म हेर्दा अत्तिनै रङ्गिन देखिएको छ।

कतै कतै मिठास शब्दहरु पाउँदा मन मुटु ती माया रूपी शब्दमा दबिएको पत्तै हुँदो रहेनछ । कहीँ कतै अलमलिएको यि मिठास्ता शब्दावली सुन्दै र देख्दै सबैको मनमा एक किसिमको भय त छ नै। संसारका हरेक प्राणीलाई एकअर्काको प्रेम तथा मायाको आवश्यकता पर्दछ तर प्रेम आफैंमा पूर्ण र परिपक्व पनि छ । प्रेम दिने भाव हो, लिने भाव होइन् । प्रेम विशाल अनुभूति हो । विशाल ऊर्जा हो, जसले जीवन सुन्दर, शान्त र उमंगमा जीउन मद्दत गर्दछ ।

प्रेममा अशान्त, धोका, अभाव इत्यादि छ भनिन्छ भने त्यो प्रेम होइन् । न त प्रेम गर्ने कुरा नै हो । जे जसरी हुन्छ जीवन त चल्दै गर्छ, गर्नु पर्ने कुराहरु पनि मानिसले गर्दै गर्छ । प्रकृती जतिसुकै निर्मोही र कठोर किन नहोस यहाँ जति जिएका छन्, अझै जिउनको लागि त अघि बढ्नु छ, जीवन रुपी चक्कालाई चलाउनु छ।

‘भ्यालेन्टाइन डे’ एउटा विषेश दिन जुन दिन आफ्नो प्रेमलाई उत्साहका साथ प्रकट गरिन्छ। आफ्नो प्रेमको सफलतामा खुशी प्रकट गर्दै भविष्यमा अझै गाढा माया बसोस् भनी कामना गर्ने पनि यसै दिनलाई मानिन्छ।

आजभोलि ‘भ्यालेन्टाइन डे’ प्रेमको अभिव्यक्त गर्ने दिन भन्दा बढी उपहारहरु बजार बढाउने र अतृप्ति लैङ्गिक इच्छाहरुको पुर्ती गर्ने एक संस्कृति बन्दै गएको छ। ‘भ्यालेन्टाइन डे’ मा प्रेमी प्रेमिकाहरु एकान्तमा भेट्ने गरेको पाइन्छ, के यो निश्चल प्रेमको अभिव्यक्ति हो ?

कि वासना प्राप्तीको परिश्रमी, आकडाहरु अनौठो तथ्य देखाउँछन ‘भ्यालेन्टाइन डे’ को दिनमा परिवार नियोजनको साधन बढी बिक्ने गरेको पाइन्छ । के प्रेम दर्शाउन यौन अपरिहार्य छ ? कदापि छैन यि त केबल चालचलनको अनुसरण मात्र हो । हामी हाम्रो संस्कार नै बिर्सेर ‘भ्यालेन्टाइन डे’ को नाउँमा समाजलाई अपच्य क्रियाकलाप देखाउन बन्द गर्नुपर्छ ।

प्रेम दर्शाउन कुनै दिन विशेष कुर्नु पर्छ जस्तो लाग्दैन प्रेम दिवस कुनै एक दिन मनाएर अरु दिन घृणाले समय बिताउनु पनि त मुर्खता हो । प्रेम भगवानको अत्यन्तै महत्त्वपूर्ण आविस्कार हो, यो यस्तो भाब हो जस्ले दुनियाँ चलाउन र चल्न सहयोग गरेको छ ।

मायाका बाटोमा हिँड्दा केही विशेष दिनहरू, क्षणहरू तथा घटनाहरू जसले हसायो, सायद रुवाएको पनि हुनसक्छ, ती प्रत्येक हाँसो र रूवाईहरू जसले आफ्नो मायालाई कस्न प्रोत्साहन गर्‍यो, त्यसलाई सम्झने दिन पनि आउँदो रहेछ अचम्म !

विशेष लाग्ने केही क्षणहरु नौलो काखमा लुटुपुटु गरेका ती दिनहरू दुई हात काधमा राखी त्यो कोमल गालामा लिने दिने गरेका चुम्बनहरु सायद जन्म दिने आमा र जन्म लिएका सन्तानलाई मायाको पूर्णता अर्को कुन प्राणीलाई मिल्छ होला र ?

मायाको सुरुवात जन्म दिने बाआमाबाट सुरु भएको थियो । बाआमा तपाई के सम्झनु हुन्छ थाहा छैन, तपाई लिनुहुन्छ के दिनुहुन्छ अर्कोलाई के जरुरत यहाँ बस एक स्वयम् जोडीले मात्र मनाउनै पर्ने आजैको मात्र विशेष दिन ? जन्म दिने बाआमा प्रेमील बन्न सक्दैनन् ? विशेष मान्छे रोज्न, खोज्न प्रकृतिले दिएको छ तर विशेष त बाआमा नै लाग्छ किनकिन..!

कैयौं वर्षदेखि संगै रहेको जस्तो जुकै जोडी होस्, जतिसुकै मिलनसार होस् केही फरक पाउँछौं कि पाउँदैनौ आमाको आँखाबाट बग्ने आँसु र तिमीले रोजेको प्रेमिकाको आँखाबाट आँसुमा ?

आमाको कोखबाट हुर्कियौ बढ्यौं र त प्रेमिका रोज्यौँ अब सम्झ प्रेमिकालाई रातो गुलाफको फुल उपाहार दिने सोचमा छौ । जब रातो फुल किन्छौ नि त्यस्मै आमालाई पनि निधारमा लागाउने रातो टीका अनि रातो पोते, अनि शिरमा टोपी र खुट्टामा जुत्ताले छोपिदिनु पर्दैन मात्र आधा पाउँ छोप्ने चप्पल उपहार देउ बाबालाई, अनि पछि मुल्यांकन गर प्रेमिका र बाआमाको मुहारलाई ।

जुन हातले प्रेमिकालाई सुम्सुम्याउछौ नि ती हातले बाआमाको काठ्ठिएका हात र पटपट्टी फुटेका खुट्टालाई सुम्सुम्याउँ अनि हेर ती मुसुक्क मुस्कुराएका ओठहरु। जुन प्रेमिकाको गालामा चुम्बन गर्छौं नि त्यस्तै निस्वार्थ चुम्बन बाआमालाई गर किनकि तिमीलाई सिकाउँदा सानै थियौं जब सिक्यौं नि प्रेमिका रोज्यौ र भुल्यौं बाआमाले तिमीलाई गरेको चुम्बन ।

सन्तानलाई बाआमाको नजरले जहिले पनि सानै देख्छ जसरी खुलेर प्रेमिकालाई माया गर्छौं नि त्यो भन्दा पनि बढी खुलेर तिमीलाई जन्म दिने बाआमालाई नियाल त ! हामी कत्ती सहजतामा जीवन सिंगार्न सक्छौ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू